भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

२ करोड ८७ लाख ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका व्यवस्थापक पक्राउ

२ करोड ८७ लाख ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका व्यवस्थापक पक्राउ

मुख्य बुँदा

२ करोड ८७ लाख ५७ हजार रुपैयाँ अपचलनको आरोप।

व्यवस्थापक विष्णुबहादुर बमरेल प्रहरीको नियन्त्रणमा।

बचत रकम व्यक्तिगत र पारिवारिक प्रयोजनमा खर्च गरेको आरोप।

माघ २६ गते व्यवस्थापक पदबाट हटाइएका थिए।

सहकारीमा करिब ३,५०० शेयर सदस्य।

तानसेन, ३० साउन । लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेललाई करिब २ करोड ८७ लाख ५७ हजार रुपैयाँ सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, बमरेलले कार्यकारी प्रमुख तथा व्यवस्थापकको हैसियतमा सर्वसाधारण शेयर सदस्यले बचत गरेको रकम गैरकानुनी रूपमा आफ्नो व्यक्तिगत र पारिवारिक प्रयोजनमा खर्च गरेको आरोपमा सहकारी ठगी कसुरसम्बन्धी मुद्दाअन्तर्गत पक्राउ गरिएको हो।

रकम अपचलन भएको थाहा पाएपछि सहकारीले माघ २६ गते बमरेललाई व्यवस्थापक पदबाट हटाएको थियो। सहकारीका अध्यक्ष सुवि विश्वकर्माले रकम अपचलनको जानकारी पाएपछि प्रहरीमा जाहेरी दिएको बताए।

रम्भा गाउँपालिका–४ मा प्रधान कार्यालय रहेको सहकारीमा करिब ३,५०० शेयर सदस्य छन्। बमरेलले विभिन्न व्यक्तिका नाममा रकम लिएको पनि आरोप छ।

 


Thali Mobile Pvt.Ltd.