भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

राजनीतिक अधिवेशन कि रणभूमि? तरुण दलको कार्यक्रममा खुकुरी हानाहान

राजनीतिक अधिवेशन कि रणभूमि? तरुण दलको कार्यक्रममा खुकुरी हानाहान

लमजुङ, ४ जेठ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनको उद्घाटन सत्रमा भएको झडपमा खुकुरी प्रहार हुँदा चारजना घाइते भएका छन्।

लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा शनिबार भएको पाँचौँ जिल्ला अधिवेशनको प्रारम्भिक सत्रमै विवाद चर्किएपछि हिंसात्मक झडप भएको हो।

घाइते हुनेहरूमा तरुण दलका क्षेत्रीय सभापति एवं बेँसीसहर–९ का वडाध्यक्ष खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहेका छन्।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय लमजुङले चारै जना घाइते भएको पुष्टि गर्दै दुई जनाको अवस्था गम्भीर रहेकाले चितवन मेडिकल कलेज, भरतपुर पठाइएको जनाएकाे छ ।

अधिवेशनमा पूर्णकालीन सदस्यता, प्रतिनिधि चयन लगायतका विषयमा दुई समूहबीच विवाद चर्किएपछि हात हालाहाल भएको प्रहरीले जनाएकाे छ । विवाद क्रमशः उग्र बन्दै जाँदा खुकुरी निकालेर आक्रमण गरिएको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.