भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतमा आमनिर्वाचन सुरु

भारतमा आमनिर्वाचन सुरु

काठमाडौं । भारतको तल्लो सदन लोकसभाका लागि आज मतदान भइरहेको छ । ५ सय ४३ ससस्यीय लोकसभाको निर्वाचन सात चरणमा सम्पन्न हुँदै छ । प्रथम चरणको निर्वाचनमा १ सय २ सिटका लागि मतदान हुँदैछ । दोस्रो चरणमा ८९ सिटका लागि २६ अप्रिल, तेस्रो चरणमा ९४ सिटका लागि ७ मे, चौथो चरणमा ९६ सिटका लागि १३ मे, पाँचौं चरणमा ४९ सिटका लागि २० मे, छैठौं चरणमा ५७ सिटका लागि २५ मे र अन्तिम सातौं चरणमा ५७ सिटका लागि १ जुनमा मतदान हुँदै छ ।

लोकसभामा जम्मा ५ सय ४३ सिट भए पनि उल्लिखित सबै सिटसंख्या जोड्दा ५ सय ४४ हुन्छ । त्यसो हुनुको कारणचाहिँ सुरक्षाका दृष्टिले संवेदनशील मानिएको मणिपुर राज्यको १ सिटमा दुई दिन लगाएर निर्वाचन हुँदै छ । १ जुनमा मतदान सम्पन्न भएपश्चात् ४ जुनका दिन मतगणना भई सोही दिन अपराह्नसम्ममा मतपरिणाम घोषित हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धन एनडीए र प्रतिपक्षी गान्धी परिवारको वर्चस्व रहेको भारतीय राष्ट्रिय कांग्रेस सम्मिलित इन्डिया नामक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुँदै छ ।

यी दुई गठबन्धनमध्ये एनडीएमा भारतीय जनता पार्टी केन्द्रबिन्दुका रूपमा रहेको छ भने अन्य सहभागी दल ससाना क्षेत्रीय दलहरू छन् । हाल अवधि समाप्त भएको लोकसभामा एनडीएको ३ सय ३५ सिटमध्ये ३ सय ३ सिट भाजपाको छ, जुन आफैंमा बहुमतका लागि आवश्यक २ सय ७२ भन्दा राम्रै बढी हो । उता, इन्डिया गठबन्धनको प्रमुख राष्ट्रव्यापी उपस्थिति रहेको मानिएको कांग्रेसको ५२ सिट मात्र छ ।

 


Thali Mobile Pvt.Ltd.