भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

लेबनान यात्रा नगर्न भारतीयलाई दूतावासको आग्रह

लेबनान यात्रा नगर्न भारतीयलाई दूतावासको आग्रह

इरान । हमासका प्रमुख नेता इस्माइल हनियाको हत्यासँगै मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अनुमान छ।

बुधबार इजरायलले लेबनानको राजधानी बेरुतमा हिजबुल्लाह कमान्डर फाउद शुक्रलाई मारेको दाबी गरेको छ।

यसैबीच लेबनानस्थित भारतीय दूतावासले अति आवश्यक बाहेक लेबनान यात्रा नगर्न भारतीयहरूलाई आग्रह गरेको छ ।

भारतीय दूतावासले एडभाइजरी जारी गर्दै लेबनानमा रहेका भारतीयहरूलाई सावधानी अपनाउन, अनावश्यक आवतजावत नगर्न र आफूसँग सम्पर्कमा रहन सल्लाह दिएको हो ।

भारतीय दूतावासले आपत्‌कालीन नम्बर जारी गरेको छ।

 


Thali Mobile Pvt.Ltd.