भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लिपुलेक मार्गबाट कैलाश यात्रा सहमतिमा कांग्रेसको कडा आपत्ति

लिपुलेक मार्गबाट कैलाश यात्रा सहमतिमा कांग्रेसको कडा आपत्ति

मुख्य बुँदा

भारत–चीन सहमतिप्रति कांग्रेसको आपत्ति

लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालकै भूमि दाबी

सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्ने जोड

सरकारले पनि आफ्नो अडान दोहोर्‍यायो

काठमाण्डौ, २२ बैशाख । महाकाली नदीपूर्वको लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा भारत र चीनबीच भएको सहमतिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। कांग्रेस सहमहामन्त्री उदय शमशेर राणाका अनुसार नेपाल सरकारले पठाएको कूटनीतिक नोटलाई सकारात्मक रूपमा लिइएको छ।

कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको विषयमा पार्टीको अडान स्पष्ट रहेको दोहोर्‍याएको छ। साथै सीमा विवादको समाधान कूटनीतिक संवादमार्फत गर्नुपर्नेमा जोड दिएको छ।

यसैबीच नेपाल सरकारले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको अडान पुनः स्पष्ट पारेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सीमा समस्या वार्ताबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

भारतले भने नेपालको दाबीलाई ऐतिहासिक प्रमाणमा आधारित नभएको भन्दै अस्वीकार गर्दै आएको छ। भारत–चीनबीच कैलाश मानसरोवर यात्राको तयारी अघि बढेपछि नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएर आफ्नो असहमति जनाएको हो।

 


Thali Mobile Pvt.Ltd.