भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्यटन मन्त्रालयअन्तर्गत ३३ पदाधिकारी एकैपटक पदमुक्त, सूची सार्वजनिक

पर्यटन मन्त्रालयअन्तर्गत ३३ पदाधिकारी एकैपटक पदमुक्त, सूची सार्वजनिक

काठमाडौँ, २२ बैशाख ।  सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा कार्यरत ३३ जना पदाधिकारीलाई एकैपटक पदमुक्त गरेको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ उपदफा (१) अनुसार मन्त्रिपरिषद्बाट नियुक्त पदाधिकारीहरूलाई हटाइएको जनाएको हो।

विज्ञप्तिअनुसार पदमुक्त हुने निर्णय २०८३ वैशाख १९ गतेदेखि लागू भएको छ। यससँगै मन्त्रालय मातहतका विभिन्न बोर्ड, समिति तथा निकायमा कार्यरत पदाधिकारीहरूको जिम्मेवारी समाप्त भएको हो।

सरकारले हालै ल्याएको अध्यादेशअनुसार मन्त्रिपरिषद्बाट नियुक्त पदाधिकारीहरूलाई आवश्यकतानुसार पदमुक्त गर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार यो निर्णय कार्यान्वयनमा ल्याइएको मन्त्रालयले स्पष्ट पारेको छ। पदमुक्त गरिएका पदाधिकारीहरूको विस्तृत सूची मन्त्रालयले सार्वजनिक गरेको छ।

 


Thali Mobile Pvt.Ltd.