भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

पर्यटन मन्त्रालयअन्तर्गत ३३ पदाधिकारी एकैपटक पदमुक्त, सूची सार्वजनिक

पर्यटन मन्त्रालयअन्तर्गत ३३ पदाधिकारी एकैपटक पदमुक्त, सूची सार्वजनिक

काठमाडौँ, २२ बैशाख ।  सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा कार्यरत ३३ जना पदाधिकारीलाई एकैपटक पदमुक्त गरेको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ उपदफा (१) अनुसार मन्त्रिपरिषद्बाट नियुक्त पदाधिकारीहरूलाई हटाइएको जनाएको हो।

विज्ञप्तिअनुसार पदमुक्त हुने निर्णय २०८३ वैशाख १९ गतेदेखि लागू भएको छ। यससँगै मन्त्रालय मातहतका विभिन्न बोर्ड, समिति तथा निकायमा कार्यरत पदाधिकारीहरूको जिम्मेवारी समाप्त भएको हो।

सरकारले हालै ल्याएको अध्यादेशअनुसार मन्त्रिपरिषद्बाट नियुक्त पदाधिकारीहरूलाई आवश्यकतानुसार पदमुक्त गर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार यो निर्णय कार्यान्वयनमा ल्याइएको मन्त्रालयले स्पष्ट पारेको छ। पदमुक्त गरिएका पदाधिकारीहरूको विस्तृत सूची मन्त्रालयले सार्वजनिक गरेको छ।

 


Thali Mobile Pvt.Ltd.