भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मलावीका उप–राष्ट्रपतिसहित अरु ९ जना चढेको विमान बेपत्ता

मलावीका उप–राष्ट्रपतिसहित अरु ९ जना चढेको विमान बेपत्ता

काठमाडौं । पूर्वी अफ्रिकी राष्ट्र मलावीका उप–राष्ट्रपति साउलोस चिलिमा र अरु ९ जना चढेको विमान बेपत्ता भएको छ । मलावी डिफेन्स फोर्सको विमान हिजो बिहान राजधानी लिलोङ्वेबाट उडेपछि राडारबाट बाहिर गएर सम्पर्कविहिन भएको बीबीसीले जनाएको छ ।

यो विमान एम्जुजु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान १० बजे अवतरण गर्नुपर्ने थियो । डिफेन्स फोर्सका कमान्डरले घटनाको बारेमा जानकारी दिएपछि राष्ट्रपति लाजरस चकवेराले पूर्व निर्धारित आफ्नो उडान रद्द गरेर हराएको विमान खोजी र उद्धार कार्यको आदेश दिएका छन् ।

उप–राष्ट्रपति साउलोस तीन दिनअघि निधन भएका पूर्व क्याबिनेट मन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न जाँदै थिए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.