भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

चिनियाँ पार्कमा अमेरिकी नागरिकहरूमाथि चक्कु प्रहार

चिनियाँ पार्कमा अमेरिकी नागरिकहरूमाथि चक्कु प्रहार

एजेन्सी । उत्तर पूर्वी चीनको चिलिन प्रान्तस्थित एक पार्कमा अमेरिकी नागरिकहरूमाथि चक्कु प्रहार भएको छ । सोमबार भएको उक्त चक्कु प्रहारमा चारै जना अमेरिकीहरू आईओवा विश्वविद्यालयका शिक्षकहरू भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

घटनाको समयमा जाब्नरको समूह बेइशान पार्कमा रहेको एक मन्दिरमा गएका थिए । आक्रमणको उद्देश्य अज्ञात रहेको बताइएको छ । सोमबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा भिडियो हालिएको थियो । अमेरिकाको सरकारी अधिकारीहरूले बताएका छन् । पीडितमध्ये एक आफ्नो भाइ भएको आईओवाका प्रतिनिधि एडम जाब्नरले रोयटर्सलाई भनेका छन् ।

चिलिन सहरमा रहेको एक मन्दिरमा जाने क्रममा भाइ डेभिड जाब्नरमाथि आक्रमण भएको र हातमा चोट लागेको उनले बताएका छन् ।
पर्खालको भित्तामा लेखिएको चिनियाँ अक्षरहरू हेरेर रोयटर्सले घटना भएको ठाउँ पत्ता लगाएको थियो । यो भिडियो कहिले सुट भएको हो भन्ने चाहिँ रोयटर्सले पुष्टि गरेको छैन ।

भिडियोमा रक्तमा लतपत भएका मानिसहरूको एक समूहमा चौरमा पल्टिरहेको देखिन्छ । तर चिनियाँ सामाजिक सञ्जालमा भने यस घटनासँग सम्बन्धित तस्बिरहरू भेटिएका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.