एजेन्सी । उत्तर पूर्वी चीनको चिलिन प्रान्तस्थित एक पार्कमा अमेरिकी नागरिकहरूमाथि चक्कु प्रहार भएको छ । सोमबार भएको उक्त चक्कु प्रहारमा चारै जना अमेरिकीहरू आईओवा विश्वविद्यालयका शिक्षकहरू भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
घटनाको समयमा जाब्नरको समूह बेइशान पार्कमा रहेको एक मन्दिरमा गएका थिए । आक्रमणको उद्देश्य अज्ञात रहेको बताइएको छ । सोमबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा भिडियो हालिएको थियो । अमेरिकाको सरकारी अधिकारीहरूले बताएका छन् । पीडितमध्ये एक आफ्नो भाइ भएको आईओवाका प्रतिनिधि एडम जाब्नरले रोयटर्सलाई भनेका छन् ।
चिलिन सहरमा रहेको एक मन्दिरमा जाने क्रममा भाइ डेभिड जाब्नरमाथि आक्रमण भएको र हातमा चोट लागेको उनले बताएका छन् ।
पर्खालको भित्तामा लेखिएको चिनियाँ अक्षरहरू हेरेर रोयटर्सले घटना भएको ठाउँ पत्ता लगाएको थियो । यो भिडियो कहिले सुट भएको हो भन्ने चाहिँ रोयटर्सले पुष्टि गरेको छैन ।
भिडियोमा रक्तमा लतपत भएका मानिसहरूको एक समूहमा चौरमा पल्टिरहेको देखिन्छ । तर चिनियाँ सामाजिक सञ्जालमा भने यस घटनासँग सम्बन्धित तस्बिरहरू भेटिएका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान गरेको छ । बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले हाल सालै निकालेको तथ्याङ्क अनुसार २०२५...
एजेन्सी । फेब्रुअरीदेखि १६६ जहाजहरू केप अफ गुड होप मार्गबाट सुएज नहरमा फर्किएका छन् । सुएज नहर प्राधिकरणले गाजामा भएको छोटो युद्धविराम पछि उक्त मार्गबाट सुएज नहरमा फर्किका हुन...
एजेन्सी । रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पारेको छ। युद्ध रोक्ने विषयमा साउदी अरेबियामा वार्ता जारी रहँदा रुसले उत्त–रपूर्वी युक्रेनका विभिन्न ठाउँलाई निशाना बनाएर आक्रमण गरेको हो । अमेरिका...
एजेन्सी । गाजामा जारी इजरायली सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कुल ५०,०२१ जनाको मृत्यु भएको बताएको हो । गाजामा हमासद्वारा...