भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

सरकारी गाडीमा जिपिएस जडान गरेर ‘डिजिटल निगरानी’

सरकारी गाडीमा जिपिएस जडान गरेर ‘डिजिटल निगरानी’

दाङ‍ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहतका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका सरकारी सवारी साधनको डिजिटल निगरानी गरिने भएको छ । चार पांग्रे सरकारी सवारी साधनमा जिपिएस जडान गरेर निगरानी गरिने भएको हो । सवारी साधनको विद्युतीय निगरानी गर्ने उद्देश्यले अनिवार्य रुपमा सवारी साधनमा जिपिएस जडान गर्ने निर्णय गरिएको र कार्यान्वयनमा ल्याउन मातहतका निकायमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउन कार्यालय प्रमुखहरु तथा चिकित्सकहरु चढ्ने सवारी साधनमा जिपिएस जडान गरेर निगरानी गर्न थालिएको बताए । डिजिटल निगरानी गर्नुको मुख्य उद्देश्य सेवा प्रवाहसँग जोडिएको, कार्यालय प्रमुख, जिम्मेवार व्यक्ति नियमित कार्यालयमा रहने, पुरा समय बस्ने र सेवा प्रवाहलाई चुस्त बनाउनेसँग जोडिएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको आर्थिक बर्ष २०८०,०८१ को प्रादेशिक समिक्षा कार्यक्रममा जारी घोषणपत्रमा कार्यालयमा रहेका सरकारी सवारी साधनको विद्युतिय निगरानीको व्यवस्था मिलाउने उल्लेख थियो । त्यो घोषणपत्र कार्यान्वयन गर्न सरकारी साधनमा अनिवार्य जिपिएस जडान गर्न मातहतका निकायमा पत्राचार गरिएको स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले बताए ।

 


Thali Mobile Pvt.Ltd.