भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

२४ घण्टामा सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा, १३०.४ मिमि वर्षा मापन

२४ घण्टामा सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा, १३०.४ मिमि वर्षा मापन

पर्वत, १४ असार । देशभर मौसमी वायुको प्रभाव सक्रिय भइरहेका बेला पछिल्लो २४ घण्टामा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ लुम्लेमा सबैभन्दा बढी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्लेमा १३०.४ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन गण्डकी प्रदेशका ११ जिल्लामध्ये सर्वाधिक हो।

मौसम पूर्वानुमान महाशाखाले यस्ता अवस्थामा सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार हरियो, पहेँलो, गाढा पहेँलो र रातो संकेतहरू क्रमशः सामान्यदेखि प्रतिकार्य आवश्यक पर्ने अवस्थासम्मको वर्षा जोखिम देखाउन प्रयोग गरिन्छ।

लुम्ले नेपालको वर्षा सर्वाधिक हुने क्षेत्रहरूमध्येमा पनि अग्रपंक्तिमा रहेको उल्लेख गरिएको छ।लुम्लेसँगै अन्नपूर्ण क्षेत्रमा पर्ने पञ्चासेमा ९.४ मिमि, पोखरामा १.८ मिमि, कुश्मामा ०.२ मिमि र कार्कीनेटामा ०.८ मिमि वर्षा मापन भएको छ।

लुम्लेपछिको दोस्रो सर्वाधिक वर्षा बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लास्थित हेलम्बु गाउँपालिका–सेर्माथङमा मापन गरिएको छ, जहाँ ८६ मिलिमिटर वर्षा भएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी र अरब सागरबाट आउने जलवाष्पयुक्त हावा र न्यून चापीय प्रणालीको कारणले शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका क्षेत्रहरूमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन नागरिक र सरोकारवालालाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.