भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक, साउन २९ देखि सुरु हुने

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक, साउन २९ देखि सुरु हुने

काठमाडौँ, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ का लागि पूरक (ग्रेड सुधार) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले जानकारी गराएअनुसार हालै सार्वजनिक नतिजामा ग्रेड प्राप्त गर्न नसकेका वा अनुपस्थित भएका परीक्षार्थीलाई पूरक परीक्षा दिने अवसर प्रदान गरिएको हो।

परीक्षा साउन २९ गतेदेखि सुरु भई भदौ ६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। यस वर्षको एसईई परीक्षामा कुल पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए। बोर्डका अनुसार ६१.८१ प्रतिशत परीक्षार्थी मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन्।

एसईई पूरक परीक्षा सम्बन्धी विस्तृत विवरण र विषयगत तालिका बोर्डको वेबसाइटमा हेर्न सकिनेछ। बोर्डले पूरक परीक्षा समयमै सम्पन्न गर्न सम्बन्धित विद्यालय, शिक्षा विकास निर्देशनालय तथा परीक्षा केन्द्रहरूलाई आवश्यक तयारी गर्न अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.