भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

राष्ट्रपतिले गरे संसद विघटन

राष्ट्रपतिले गरे संसद विघटन

काठमाडौं । भरखरै नवनियुक्त श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन् । मध्यावधि निर्वाचन गराउन संसद् विघटन गर्नेसम्बन्धी विशेष राजपत्रमा हस्ताक्षर गरेका हुन । दिसानायकेले २२५ सदस्यीय संसदलाई विघटन गरिदिएका छन् । जसमा नेसनल पिपुल्स पावर–एनपीपी गठबन्धन तीन सीट मात्र थियो ।

उनले संसद् विघटन गर्दै आगामी निर्वाचनको मिति तोकेका छन् । तोकिएको समयभन्दा झन्डै एक वर्ष अगाडि अर्थात् नोभेम्बर १४ मा निर्वाचनको मिति घोषणा गरेका छन् । हिजो आफ्नो सहयोगी हरिणी अमरसूर्यालाई प्रधानमन्त्री बनाए । देशको इतिहासमा तेस्रो महिला प्रधानमन्त्री हुन् ।

यसका साथै नवनियुक्त प्रधानमन्त्रीलाई शिक्षा, श्रम र न्याय मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । दिसानायकेले सोमबार श्रीलंकाको नवौँ राष्ट्रपतिको शपथ लिएका हुन ।

 


Thali Mobile Pvt.Ltd.