भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘मोदीबेनी’ लाई ‘नसोचेको प्रतिक्रिया

‘मोदीबेनी’ लाई ‘नसोचेको प्रतिक्रिया

काठमाडौं । साउन १८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ को बुधवार भव्य प्रिमियर भएको छ । कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रीमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ‘मोदीबेनी’ लाई प्रिमियर शोबाट ‘नसोचेको राम्रो फिल्म’ भएको प्रतिक्रिया प्राप्त भएको छ ।

प्रीमियरमा यही फिल्मबाट डेब्यू गरेका अभिनेता अमर प्रताप श्रेष्ठ तथा अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्र बने । वर्षा सारीमा सुन्दर देखिएकी थिइन् भने अमर पनि वर्षासँगको ‘कलर म्याच’ रहेको पोसाकमा सजिएका थिए । अभिनेत्री रेजिना उप्रेती पनि सारीमा सजिएर पुगेकी थिइन् । नयाँ अभिनेत्री स्नेहा भट्टराई पनि आकर्षक पहिरनमा प्रीमियरमा पुगेकी थिइन् ।

वर्षा, अमर, रेजिना, स्नेहासँगै फिल्मका कलाकारहरू प्रवीण खतिवडा, दिलीप केसी, कमल मणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजी श्रेष्ठ, पूजन श्रेष्ठ लगायतको उपस्थिति थियो। साथै, निर्देशक शङ्कर कोइराला, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठ सहित क्रियटिभ तथा प्राविधिक टिमको पनि सहभागिता थियो ।

फिल्म हेर्न प्रतिनिधि सभा सदस्य शोबिता गौतम, पत्रकार दिल भुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथा निर्देशक दीपा श्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्त लगायत पुगेका थिए । ट्रेलर सार्वजनिक भएपछि प्रतीक्षारत बनेको ‘मोदीबेनी’ ले कसैको मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथा भनेको छ ।

 


Thali Mobile Pvt.Ltd.