भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अछाम पहिरो अपडेट उद्धार र राहत वितरण सुरु


  • आश्विन २, २०७९
  • 211 Views
अछाम पहिरो अपडेट उद्धार र राहत वितरण सुरु image

अछाम । तीन दिनदेखिको अविरल वर्षाका कारण शनिवार राति अछामका चार स्थानमा घर भत्किएर २१ जनाको मृत्यु भएको छ । भने दुई जना पहिरोमा बेपत्ता भएका छन् । वेपत्ताको खोजी तथा राहत वितरण र थप पीडित स्थानीयको उद्धारको काम सुरु गरेको जनाएको छ । अछाममा पहिरोले घर पुरिएर तुर्माखाँद गाउँपालिका–५ नाडामा आठ, कमलबजार नगरपालिका–६ वीर पथमा सात कमलबजार नगरपालिका–८ डाँकुको डुँगालामा पाँच र ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा एक जना गरेर १७ जनाको मृत्यु भएको हो ।

तुर्माखाँद गाउँपालिका–५ नाडामा घर पुरिएपछि पहिरोमा परेर हराएका ४५ वर्षीय नेत्र शाही, उहाँकी ३५ वर्षीया मनीषा शाही, १७ वर्षीया छोरी विमला शाही, १६ वर्षीया भतिजी जानकी शाही, १७ वर्षीया कल्पना शाही, एक वर्षीया करिष्मा शाही, २० वर्षीया भावना शाही र ३ वर्षीया मेलिना शाहीको शव भेटिएको छ । पहिरोमा हराएका १३ वर्षीया सुन्दर शाही हालसम्म पनि बेपत्ता छन् । राती करिब तीन बजेतिर घर माथिबाट पहिरोले नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर भत्किएपछि धेरै माटो भएकोले शव निकाल्न कठिनाइ भएको स्थानीयले बताएका छन् ।

यस्तै कमलबजार नगरपालिका–६ वीर पथमा इन्द्र परियारको घर पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको छ । घर पुरिँदा सात जना घाइते भएका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिनुभयो । मृत्यु हुनेमा ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामी रहेका छन् । सोही घटनाका घाइते भक्त कामी, इन्द्र कामी, डिक्रा कामी, कल्पना कामी, ममता कामी, सफलता कामी, सुशील कामीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

कमलबजार नगरपालिका–८ डाँकुको डुँगालामा थिरे दमाईको घर भत्केर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै घरका पाँच जना रहेका छन् । मृत्यु हुनेमा २६ वर्षीय गंगे दमाई, २३ वर्षीया भना दमाई, सात वर्षीया डिक्रा दमाई, चार वर्षीया कल्पना दमाई र तीन वर्षीया सृष्टी दमाई रहेका छन् । यस्तै ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा पहिरोले घर पुरिएर दुई वर्षीया नवीन बुढाको मृत्यु भएको छ । सो घटनामा ६५ वर्षीय हर्क बुढा, २५ वर्षीया चन्द्रादेवी बुढा, १२ वर्षीया धर्म बुढा जना गम्भीर घाइते भएपछि उद्धार गरेर हेलिकप्टरमार्फत सुर्खेत पुर्‍याइएको छ ।

सोही गाउँपालिका–१ ढकारीमा खोलाले बगाउँदा मोती बुढा बेपत्ता भएको अछाम प्रहरी प्रमुख नारायण डाँगीले जानकारी दिनुभयो । तुर्माखाँदको पहिरोमा परेर बेपत्ता भएका व्यक्तिहरुको मङ्गलसेनबाट हेलिकप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई लिएर पुरिएका शवको उत्खनन गर्ने काम भइरहेको प्रशासकीय अधिकृत मीनराज आचार्यले बताउनुभयो । यसैबिच प्रतिनिधिसभाको शनिवारको बैठकमा अछाम–१ का सांसद भीमबहादुर रावल र अछाम–२ का सांसद यज्ञबहादुर बोगटीले उद्धार, उपचार, राहतको माग गर्नुभएको छ ।

गृह मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, सुरक्षा निकाय लयागतसँगको समन्वयमा उद्धार, राहतको काम भइरहेको छ । जिल्ला अन्य स्थानमा घर, छाना भत्केको, जोखिममा रहेको र खेतीयोग्य जमिन नष्ट भएको विवरण जिल्ला प्रशासनमा आइरहेको बताइएको छ । गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.