भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

अध्यादेशको लागि एकीकृत समाजवादीलाई मनाउने प्रयासमा


  • २०८१ फाल्गुन ३, शनिबार
  • 34 Views
अध्यादेशको लागि एकीकृत समाजवादीलाई मनाउने प्रयासमा image

काठमाडौं । सत्तारूढ कांग्रेस–एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू बैठकमा सहभागी थिए ।

उच्चस्तरीय संयन्त्रको बैठकमा संसद्मा पेस गर्ने अध्यादेश, सरकारका कामकारबाहीलगायत विषयमा छलफल भएको छ । सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ । यसअघि यसै साता दुई पटक संयन्त्र कार्यदलको बैठक बसेको थियो ।

ओली र देउवा समान हैसियतमा
प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई समान हैसियतमा राखिएको थियो । संयन्त्रको बैठकमा दुवै नेतालाई बराबरको हैसियत दिनुको राजनीतिक अर्थ रहेको छ ।

अध्यादेशमा नेपाललाई फकाउने प्रयास
उता अध्यादेशको लागि माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीलाई मनाउने प्रयासमा पनि कांग्रेस लागेको छ ।राष्ट्रियसभामा एकीकृत समाजवादीको ८ सांसद छन् । कांग्रेस र एमालेको सरकारलाई जसपा नेपालको निर्णय अध्यादेश पारित गर्न सकस भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसको १६, एमालेको १० मात्रै सांसद छन् ।

त्यसकारण कांग्रेस सभापति शेरबहादुर देउवामार्फत नेपाललाई फकाउने प्रयास थालिएको छ । देउवाले नै अध्यादेश ल्याउने ओलीको प्रयासलाई रोकेको भन्दै अध्यादेशमा नेपाललाई सहमत गराउने प्रयासमा लागेका छन् । कांग्रेस एकीकृत समाजवादीसँग छलफल
थालेको छ ।

विगतमा एमाले फुुटाएर एकीकृत समाजवादी बनाउँदाको र हाल पनि ओलीले तयार पारेको अध्यादेशलाई रोकेको भन्दै नेपालसँग कांग्रेसले संवाद थालेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट……


hotelghyampedanda