भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अनेरास्ववियुको महाधिवेशनमा प्यानल र गुट बनाउन निषेध


  • माघ २७, २०७९
  • 325 Views
अनेरास्ववियुको महाधिवेशनमा प्यानल र गुट बनाउन निषेध image

काठमाडौं । आगामी २, ३ र ४ फागुनमा काठमाडौंमा हुने अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा माउ पार्टी एमालेले गुट र प्यानल बनाएर प्रतिस्पर्धा गर्न निषेध गरेको छ । स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन यस्तो गरिएको एमालेको भनाइ छ । यसअघिका महाधिवेशनमा नेतानिकटका प्यानल बनाएर विद्यार्थी चुनावी मैदानमा उत्रिने गरेका थिए ।

एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियु इन्चार्ज माधव ढुंगेलले यतिवेला पार्टीमा फरक धार नभएकाले अनावश्यक गुटबन्दी गरेर समय खेर फाल्न नहुने बताए । विद्यार्थी संगठनका मुद्दामा एकीकृत गर्ने, विद्यार्थीका पक्षमा काम गर्ने गरी तयार हुनुपर्ने उनको भनाइ छ । एउटा पदमा जतिजनाले पनि प्रतिस्पर्धा भने गर्न सक्ने ढुंगेलले बताए ।

विद्यार्थीबीच लोकप्रियले चुनाव जितेर संगठनको नेतृत्व गर्ने र जसले विजय प्राप्त गर्न सक्दैन वा प्रतिस्पर्धामा सहभागी नभई बिदाइ हुनेलाई पार्टीले राम्रोसँग व्यवस्थापन गर्ने उनको भनाइ छ ।

आगामी महाधिवेशनबाट अनेरास्ववियुको कार्यसमिति सानो हुँदै छ । यसअघि भएको विधान अधिवेशनले कार्यसमिति १९९ सदस्यीय हुने व्यवस्था गरेको छ । अहिले ५१७ जनाको कार्यसमिति छ । अब एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, १० सचिव, एक कोषाध्यक्षसहित १९९ जनाको कार्यसमिति रहनेछ ।

माधव ढुंगेल, अनेरास्ववियु इन्चार्ज

हिजो पार्टीभित्रै दुई लाइन संघर्ष थियो, त्यसको प्रभाव जनवर्गीय संगठनमा पनि देखिएको थियो । अहिले पार्टीमा फरक धार छैन, अनावश्यक गुटबन्दी गरेर समय खेर फाल्न हुँदैन । गुट र प्यानलले कसैलाई फाइदा हुँदैन ।

अधिकांश प्रतिनिधि टुंगियो, केहीमा विवाद
२३औँ महाधिवेशनमा १५ सय ७९ प्रतिनिधि आउँदै छन् । जसमध्ये अहिलेसम्म १५ सय ५० को हाराहारीमा प्रतिनिधिको टुंगो लागेको इन्चार्ज माधव ढुंगेलले बताए । केही ठाउँमा प्रतिनिधि छनोटमा विवाद छ ।

को–को छन् दाबेदार ?
अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल मुख्य प्रतिस्पर्धामा छन् । यद्यपि, उपाध्यक्षहरू झपिन्द्र खत्री, लोकेश निरौला र मोती विक, उमेश आचार्यलगायतको पनि चर्चा छ । महासचिवका दाबेदारको संख्या ठूलो छ । अहिलेका चार उपमहासचिव र केही सचिवले पनि महासचिवमा दाबी गरेका छन् । अहिलेका केही उपाध्यक्ष पनि महासचिव पाउने अवस्थामा उम्मेदवारी दिने तयारीमा छन् । नयाँ पत्रिका दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.