अन्नभण्डार र मधेसमा खेत बाँझै : ६० प्रतिशत मात्रै रोपाइँ, रोपोमा फाँट्यो धाँजा


  • २०८० श्रावण २१, आईतवार
  • 106 Views
अन्नभण्डार र मधेसमा खेत बाँझै : ६० प्रतिशत मात्रै रोपाइँ, रोपोमा फाँट्यो धाँजा image

महोत्तरी । महोत्तरी मटिहानीका–३ का ६० वर्षीय राम प्रबोध चौधरीले दुईपटक धान रोप्न ब्याड राखे। तर, उनको दुई बिघा खेत बाँझै छ। वर्षा नभएकाले खेती गर्न सकेनन्। भन्छन्, ‘पानीको थोपो परेन। रोप्न राखेको दुई पटकको बीउ भैंसीलाई खुवाएँ। यसपटक भोकमरी लाग्ने डर भयो।’ धान खेतीले उनको पाँच जनाको परिवार चल्थ्यो। बाँझो खेत देखाउँदै उनी भन्छन्, ‘रौदी९खडेरी०ले हाम्रो घाँटी काट्यो। अब कसरी परिवार चलाउने रु’ चौधरी एक उदाहरण हुन्। मधेसका सबै किसान परिवारको अवस्था अहिले यस्तै छ।

यस वर्ष पानी नपरेकाले महोत्तरीसहितका मधेसका अधिकांश जिल्लामा धान रोपाइँ कम भयो। महोत्तरी जिल्लालाई शुक्रबार जिल्लाको विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले सुक्खाक्षेत्र घोषणा गरी तत्काल राहत कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारसँग मागसमेत गरेको छ।

आधा मात्रै रोपाइँ

कृषि निर्देशनालय मधेस प्रदेशका प्रवक्ता रोशनकुमार मेहताका अनुसार मधेस प्रदेशका ८ जिल्लामा ४ लाख १ हजार ६ सय ५० हेक्टरमा धान खेती हुने जमिन छ। हालसम्म २ लाख ४२ हजार ५ सय ७ हेक्टरमा रोपाइँ भएको छ। यो कुल धान खेतीको ६० प्रतिशत मात्रै हो। जहाँ सिँचाइको सुविधा छ, त्यहाँ मात्रै रोपाइँ भएको छ। अकाशे पानीको भरमा हुने रोपाइँ रत्तिभर नभएको किसानहरू बताउँछन्। रोपाइँ भएका धानखेत पनि खडेरीले सुक्दै गएको छ। सिँचाइका मुहानहरू पनि बिस्तारै खडेरीको कब्जामा परेका छन्। रोपेको धान पनि सुकिरहेको छ। कृषि विज्ञ नै भन्छन्, ‘यस वर्ष मधेसमा धान उत्पादन न्यून हुन्छ।’

मधेस प्रदेशलाई नै सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न किसानले माग गरेका छन्। मधेस प्रदेशमा ११ लाख ५६ हजार ७ सय १५ परिवारको बसोबास छ। अधिकांश परिवार कृषिमा निर्भर छन्। खडेरीको चपेटामा धानखेती परेपछि ती परिवारलाई अब भोकमरीको चिन्ताले सताउन थालेको छ।

किसानमै भोकमरीको डर

मटिहानी–७ का ७१ वर्षीय किसान रामबहादुर मण्डल भन्छन्, ‘मेरो जीवनमा यसपालि दोस्रोपटक अकाल९खडेरी० परेको छ। रोदीले पानीको मुहान नदी नै सुकाइदियो। धानको बीउ सुक्यो। साउनको अन्तिमतिर पनि धान रोपाइँ भएकै छैन। के खाएर बाँच्ने रु’ धान मधेस प्रदेशको मुख्य खाद्य बाली हो।

‘मेरो जिन्दगीमा २५ वर्ष पहिलो यस्तै रौदी परेको थियो। त्यो समय फेरि दोहोरिएको छ। त्यो बेला धान रोपेको औंठाको डोब मंसिरसम्म मेटिएको थिएन। यसपालि त खडेरीले धानै रोपाइँ भएको छैन,’ रामबहादुर भन्छन्, ‘१० कठ्ठा धानखेती। एकपटक बीउको ब्याड राखे खडेरीले खायो। फेरि राखेर ब्याड तयारी छ। पानी पर्दैन। त्यो पनि सहनै नसक्ने घामले सुकाउँदै लगेको छ।’ उनले २० केजी धानको ब्याड राखेका थिए। धानखेती हुनु त परकै कुरो भयो। ब्याडमा गरिएको २ हजार लगानी पनि खेर गएको उनले सुनाए।

किन खडेरी लाग्यो उनको आफ्नै तर्क छ। भन्छन्, हामीले भन्यौं भने कसैले पत्याउँदैन। जस्तो जुग भयो, त्यस्तै भगवान्ले पनि हेरिरहेको छ। पहिला महिना दिनसम्म झरी हुन्थ्यो। अहिले शीत जस्तो वर्ष हुन्छ। घाँटी दबाएर मान्छे बाँच्छ रु त्यस्तै मानिसहरूले प्रकृतिको सुन्दरता नष्ट गरिरहेको छ। रूख काटिरहेको छ। अनि पानी कहाँबाट परोस् त रु’ उनी थप्छन्, ‘असारमा धान रोपेर मान्छेहरू साउनमा बोल बमको मेला भर्न नेपाल र भारत जान्थे। अहिले त्यो माहौल नै रहेन। भोको पेट र चिन्तामा केको मेला रु किसानको जीवन सबै चौपट भयो।’

मधेसमा किन परेन पानी  ?

‘मधेस स्वर्ग थियो। अहिले पर्‍यो अकाल रु प्रश्न गम्भीर छ। यसको एउटै कारण हो पानीको मुहान चुरे दोहन गरियो अनि अन्नको भकारी मधेसमा अनिकाल लाग्यो,’ चुरे विज्ञ डा। विजयकुमार सिंह भन्छन्। ‘खडेरीको यो कास्टिङ मात्रै हो। पूरा फिल्म हेर्न बाँकी छ। चुरे संरक्षण नगरिकन मधेसको जीवन चल्दैन,’ उनले चेतावनी दिँदै भने। मटिहानी–७ का रिक्सा चालक ७० वर्षीय भरत मण्डल गर्मी सहन नसकेर काम गर्नै समस्या भएको सुनाउँछन्। उनी तीन दशक अघिको दिन सम्झन्छन्, जुन दिन मधेसले भारतमा चामल, दाल, मकै, मरुवा निर्यात गथ्र्यो। अहिले मधेसवासी भोकमरीको संकटमा फस्दै गएका छन्।

भरत भन्छन्, ‘खडेरी र प्राकृति दोहनले यो सब भइरहेको छ। अर्को कारण जनसंख्या वृद्धि पनि हो। मानिसमा खराब आचरण बढ्दै गयो। नदी, वन सबै मास्दै गए। अहिले यस्तो नतिजा आयो।’मधेसभरीका धान फाँटहरू वर्षाको प्रतीक्षामा छन्। जसको सिँचाइ सुविधा छ उसले सिँचाइ गरेर धानखेती गरिरहेको छ। तर, ती किसानहरूको अवस्था पनि संकटमा छ। पानीको मुहान पनि सुकिरहेको छ। पहिला जस्तो बोरिङ र इनारमा पानी छैन। भएको मुहान पनि सुकेको छ। सिँचाइको त कुरै छाडौं पिउने पानीकै हाहाकार छ। वीरगन्ज, जनकपुर, जलेश्वरलगायतका स्थानमा ९० प्रतिशत पानीका मुहान सुकिसकेको छ।

मधेसलाई सुक्खा क्षेत्र घोषणाको माग
कृषि निर्देशनालय मधेस प्रदेशको तथ्यांकअनुसार महोत्तरी, धनुषा र सर्लाहीमा धान खेतीको अवस्था नाजुक छ। महोत्तरीमा २०, धनुषामा ३१ र सर्लाहीमा ५७ प्रतिशत मात्रै रोपाइँ भएको कृषि निर्देशनालय मधेस प्रदेशका प्रवक्ता रोशनकुमार मेहता बताउँछन्। भन्छन्, ‘छिटफुट वर्षा र सिँचाइ गरेर रोपिएका धानहरू खडेरीले सुक्दै गएको छ। मुख्यतया सिँचाइको अभावले धान रोपाइँ हुन सकेको छैन।’

उनका अनुसार चुरेबाट बग्ने नदीहरूको जलस्तर कम हुँदा कोसी, कमला, बागमती नदी सिँचाइ आयोजनाको कमान्ड क्षेत्रमा पनि सिँचाइ सुविधा पुग्न सकिरहेको छैन। पर्सामा गण्डक नहरको कमाण्ड क्षेत्रमा उस्तै समस्या छ। यसले धेरै ठाउँमा त रोपाइँ नै भएको छैन। धान रोपिएको खेतमा चिरा परिसकेको छ। ‘चुरे क्षेत्रबाट बग्ने नदीको जलस्तर खडेरीले पनि निकै कम छ। धेरै नदीहरू त सुकी नै सकेको छ।

कुल सिँचाइ क्षेत्रको कमान्ड क्षेत्रमध्ये २० प्रतिशत क्षेत्रमा सिँचाइ आयोजनाबाट सिँचाइ पुगेको अवस्था छ,’ प्रवक्ता मेहता भन्छन्, ‘भूमिगत सिँचाइ, फाटफुट वर्षाले सुरुमै रोपाइँ भयो। वर्षा नभएर त्यो पनि अहिले सुकिरहेको छ। यसपालि धान उत्पादन न्यून हुन्छ।’ महोत्तरी जिल्लालाई शुक्रबार खुक्खाग्रस्त क्षेत्र घोषणा सरोकारवालाले निर्णय गरेको भन्दै उनले सबैतिरबाट सुक्खा क्षेत्र घोषणा गर्न दिनहुँ पत्रचार भइरहेको उनले बताए। अन्नपूर्ण पोष्ट दैनिकबाट…..


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.