भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भारतमा सवारी दुर्घटनामा परी नेपालगन्जका ६ जनाको मृत्यु


  • श्रावण २१, २०८०
  • 253 Views
भारतमा सवारी दुर्घटनामा परी नेपालगन्जका ६ जनाको मृत्यु image

नेपालगन्ज । भारतमा सवारी दुर्घटनामा हुँदा बाँकेको नेपालगन्जस्थित त्रिभुवनचोकका दुई परिवारका ६ जनाको शनिबार मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी त्रिभुवनचोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता, ५ वर्षकी छोरी वैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको मृत्यु भएको हो । यसैगरी त्रिभुवन चोककै निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि श्रावस्तीकै एकाउन्न भन्ने स्थानमा शनिबार राति भएको सवारी दुर्घटनामा मृत्यु भएको हो । उनीहरु त्रिभुवन चोकका एस कुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताका छोराछोरी हुन् । कारमा सन्तोषकुमार गुप्ताको पत्नी सीता पनि गएकी थिइन् । उनी बलरामपुरमा आफ्नो माइत बसेकी थिइन् ।

दुर्घटनामा मृत्यु हुने ६ जना नै नातेदार हुन् । दुई परिवारका ६ जनाको मृत्यु भएपछि नेपालगन्ज बजार शोकमा डुबेको छ । वैभव गुप्ता भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो । छाडा पशुलाई बचाउने क्रममा कार अनियन्त्रित भएर रुखमा ठोकिएर दुर्घटना भएको आफन्तले बताएका छन् । कान्तिपुर दैनिकबाट….

 

 


Thali Mobile Pvt.Ltd.