भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी


  • फाल्गुन २२, २०७९
  • 307 Views
अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी image

काठमाडौँ, फागुन २२ गते । तत्कालीन नेकपा ९माओवादी० र सात राजनीतिक दलहरूबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रिया निष्कर्षमा पुगेका छैन । सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमार्फत शान्ति प्रक्रियालाई निष्कर्षमा पु(याउने काम भइरहेको छ।

तर जनआन्दोलनमा मारिएका मानिसलाई लिएर प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध रिट दर्ता गर्नु भनी सर्वोच्च अदालतले आदेश दिएपछि विभाजित माओवादीहरूको एउटै स्वर देखिएको छ।

जनयुद्धका शहीद तथा बेपत्ता सन्तती फाउन्डेसनद्वारा आइतबार यहाँ आयोजित कार्यक्रममा माओवादीबाट विभाजित छवटा पार्टीका नेताहरूले माओवादी आन्दोलनलाई अपराधीकरण गर्र्न खोजिए इतिहास दोहोरिनेसम्मको चेतावनी दिए । साथै तत्कालीन माओवादी शक्तिहरू अब एक भएर अघि डढ्नुपर्नेमा नेताहरूले जोड दिए ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौँ शहीद र बेपत्ताका सपना बदनाम गराउँदैमा बदनाम नहुने उल्लेख गरे । उनले माओवादी शक्तिहरू एक भएमा विजयको यात्रा फेरि तय गर्न सकिने भन्दै विभाजित माओवादीहरू एक हुने समय आएको टिप्पणी गरे ।

उनले भने, “माओवादी धार एकजुट भएमा एउटा शक्ति हुन्छ। प्रतिक्रियावादी तत्वहरू कमजोर हुन्छन्। माओवादीले विजयको यात्रा पुनः सुरु गर्न सक्छ भन्ने मेरो विश्वास विल्कुल घटेको छैन।” माओवादी शान्ति प्रक्रियामा आएपछि विभिन्न भँगालाका रूपमा विभाजित भएको

तर समयको गतिमा बग्दै जाँदा सबै भँगालाहरू मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आएको समेत उहाँले चर्चा गरे । प्रधानमन्त्री भएका बेला धेरै बोल्नेभन्दा पनि काम गरेर देखाउने पक्षमा आफू रहेको प्रधानमन्त्री प्रचण्डले बताए । यो समाचार गोरखापत्रमा छ ।

 


Thali Mobile Pvt.Ltd.