भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अमेरिकामा नेपाली दूतावासको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटियो ‘घटनाबारे अनुसन्धान हुँदैछ’– नेपाली दूतावास


  • पुष ९, २०७९
  • 193 Views
अमेरिकामा नेपाली दूतावासको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटियो ‘घटनाबारे अनुसन्धान हुँदैछ’– नेपाली दूतावास image

काठमाडौँ । कर्मचारीको लापरबाहीको कारण अमेरिकामा नेपाली दूतावासको रकम लुटिएको छ । वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र क्यासियर चेक’ हरु लुटिएको जनाएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीहरु डिसेम्बर २२ का दिन ह्युस्टनबाट बासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन स्थानीय समय अनुसार दिउँसो १२ बजेर तीन मिनेट जाँदा तोडफोड भइ लुटिएकोले उल्लेख गरेको छ ।साथै, दूतावासले यस घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी विभाग तथा कुटनीतिक सुरक्षा महाशाखा ह्युटन लगायतका निकायहरुमा उजुरी गरी लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिन प्रयास गरिरहेको जनाएको छ ।

विज्ञप्तिमा कति रकम बराबरका ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको भन्ने बारेमा उल्लेख गरिएको छैन । साथै, को–को कर्मचारी यात्रा गर्दा यस्तो घटनाभएको पनि उल्लेख छैन । ‘यसबाट सेवाग्राहीहरुमा समय र स्रोत सधानको हिसाबले पर्न जाने असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ । दूतावासले सेवाग्राहीहरुको नजिकै गइ सेवाप्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरुले यथाशक्य सहयोग गर्नुहुनेछ भन्ने दूतावास आशावादी छ,’ विज्ञप्तिमा भनिएको छ ।

दूतावासले कन्सुलर सेवा शिविरहरुबाट सेवा प्राप्त गर्ने सबै नेपाली सेवाग्राहीहरुले सेवा प्राप्त गर्दा गर्नु भएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ रद्दगर्न सम्भव भएसम्म गर्नको लागि पनि आग्रह गरेको छ । साथै, त्यसपछि दूतावासको नयाँ ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ बनाइ हाल्नको लागि पनि अनुरोध गरेको छ । कान्तिपुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.