भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अलैंचीको मूल्य दशकयताकै उच्च


  • मंसिर २, २०८१
  • 220 Views
अलैंचीको मूल्य दशकयताकै उच्च image

फिदिम । कालो सुनको उपमाले चिनिएको अलैंचीको मूल्य दशकयताकै उच्च बिन्दुमा पुगेको छ। नेपालको पूर्वीपहाडी जिल्लाका बजारहरूमा प्रतिमन (४० केजी) एक लाख माथिको मूल्यमा अलैंचीको कारोबार भइरहेको छ।

अलैंचीलाई तीन गुणस्तरमा छुट्ट्याएर बिक्री गरिन्छ। व्यापारीहरूका अनुसार ग्रेडिङ गरेको उच्च गुणस्तरको अलैंचीले एक लाख पाँच हजार मूल्य पाएको छ। त्यस्तै कैंची कट ९पुच्छर काटेको० एक लाख एक हजार र चालु अलैंची ९८ हजारमा बिक्री भइरहेको छ।

‘यो साल अलैंचीले दशकयताकै उच्च मूल्य पाएको हो,’ अलैंची व्यवसायी तथा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपालले भने ‘मूल्य अझै बढ्ने सम्भावना छ।’ २०७१ सालमा अलैंचीले प्रतिमन एक लाख पाँच हजार मूल्य पाएको थियो। त्यसयता निरन्तर ओरालो लागेको अलैंचीको मूल्यमा गत वर्षदेखि सुधार भएको हो। गत वर्ष प्रतिमन ८२ हजारमा अलैंचीको कारोबार भएको थियो।

अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईका अनुसार यो साल अलैंचीको मूल्यले रेकर्ड ब्रेक गर्ने सम्भावना छ। ‘मूल्य निरन्तर बढिरहेको छ,’ भट्टराईले भने ‘अन्तर्राष्ट्रिय बजारको माग अनुसार अलैँची उत्पादन नभएकाले मूल्य बढेको हुनसक्छ।’ २०६७ सालमा अलैँचीले हालसम्मकै उच्च मूल्य पाएको थियो।

त्यस बखत प्रतिमन एक लाख २० हजारमा अलैंची बिक्री भएको थियो। तर, त्यो मूल्य धेरै दिन टिकेको थिएन।मेची भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१र०८२ को पहिलो तीन महिनामा सात सय ८३।७५ मेट्रिक टन अलैँची निर्यात भएको छ। यो विगत वर्षको तुलनामा निकै कम हो। साउनबाट उत्पादन सुरु हुने अलैँची मंसिरको पहिलो साता बोटबाट निकाली सकिन्छ।

पहाडका किसानहरूको मुख्य आम्दानीको स्रोत अलैंची हो। नेपालका ४२ वटा पहाडी जिल्लाहरूमा अलैंची उत्पादन हुन्छ। कोशी प्रदेशका १४ जिल्लामध्ये पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा उल्लेख्य मात्रामा अलैँची खेती गरिन्छ। कृषि ज्ञानकेन्द्रको तथ्यांकअनुसार उल्लेख्य मात्रामा खेती हुने जिल्लाहरूमा पछिल्लो वर्ष अलैंची उत्पादनमा ह्रास आइरहेको छ।

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार कोशी प्रदेशमा आर्थिक वर्ष ०७९र०८० मा सात हजार सात सय ६३।८७ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। आर्थिक वर्ष ०८०र०८१ मा घटेर सात हजार पाँच सय ८२।०२ मेट्रिक टन उत्पादन भयो। यो वर्षको तथ्यांक आउन बाँकी छ। यद्यपि करिब २० प्रतिशतले अलैँची उत्पादनमा ह्रास आउन सक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ।

ज्ञान केन्द्र पाँचथरका कृषि प्राविधिक केशरबहादुर मगरातिका अनुसार यो वर्ष अलैँचीको उत्पादन निकै घटेको छ। अलैँची बगानमा रोगकिराको प्रकोपका कारण बगान मासिएको र बाढी पहिरोले क्षति गरेकाले उत्पादनमा कमी आउने अनुमान गरिएको हो। ‘यो वर्ष विगतमा जस्तो अलैंची फलेको छैन,’ मगरातिले भने ‘फलेको अलैँची बगान पनि पहिरोले क्षति गरेकाले उत्पादनमा कमी आउने निश्चित छ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.