DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अहिलेका गायक अल्छी : मदनकृष्ण


  • बैशाख ५, २०८०
  • 206 Views
अहिलेका गायक अल्छी : मदनकृष्ण image

काठमाडौं । अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठ सोमबार पुतलीसडकस्थित आर्टोम्युज रेकर्डिङ स्टुडियोमा पुगे । नेपाल भाषाको नयाँ गीत रेकर्ड गर्न उनी स्टुडियो पुगेका थिए । मिजासिला स्वभावका मदनकृष्णले गीत रेकडिङको क्रममा पुराना कुरा सम्झिए ‘पहिला पहिला पूरा गीत सुरुदेखि अन्त्यसम्म एक टेकमै गाउनुपथ्र्यो ।’ उनले भने, ‘अहिले त एउटा एउटा शब्द जोडेर पनि गीत बनाउन मिल्छ कति सजिलो ।’

कलाकार श्रेष्ठले त्यही स्टुडियोमा नेपाली र नेपाल भाषाका दुई दर्जनभन्दा बढी गीत रेकर्ड गराइसकेका छन् । प्रविधिमा आएको परिवर्तनले स्रष्टालाई निकै सजिलो भएको कुरा गरे ।

जति बेला उनले गीत गाउन सुरु गरेका थिए । दुईटा मात्रै स्टुडियो थियो रेडियो नेपाल र रत्न रेकर्डिङको स्टुडियो । ती दुई ठाउँबाहेक गीत रेकर्ड सम्भव थिएन ।

सुरुवाती चरणमा ती स्टुडियोमा जाने हिम्मतै गरेनन् ‘म त सिकारु थिएँ विभिन्न कार्यालय र साथीको कोठामा गीत रेकर्ड गरें,’ मदनकृष्णले भने । सुुरुमा प्रज्ञा भवनको अभ्यास कक्षामा गीत रेकर्ड गरेका उनले नाचघरको डबिङ कक्षदेखि साथीको घरमा गुन्द्रीले बेरेर स्टुडियो बनाएर समेत गीत रेकर्ड गरेको सम्झिए ।

स्टुडियो अभाव भएको ऊ बेलामा एउटा गीत गीत रेकर्ड गराउन महिना दिनभन्दा बढी अभ्यास गर्नुपरेको उनले अझै बिर्सेका छैनन् । तर, अहिलेको प्रविधिले कलाकारलाई अल्छी बनाएको मदनकृष्णको अनुभवले बताउँछ ।

उनी स्कुले जीवनदेखि नै गीत गाउँथे । राष्ट्रिय सभागृह बनेपछि पहिलोपटक नेपाल भाषाका गीत गायन प्रतियोगिता राखिएको थियो । त्यतिबेला ७ सय रुपैयाँ तिरेर आयोजकले सभागृह भाडामा लिएर नेपाल भाषाको गीत गायन प्रतिस्पर्धा ग¥यो । २०२५÷२६ सालको त्यो पललाई सम्झिँदै मदनकृष्णले भने, ‘झोंछेको युवाको समूहले त्यतिबेला नेपाल भाषाको गीत गायन प्रतियोगिता आयोजना ग¥यो । सञ्चयकोषको जागिरे भए पनि समय मिलाएर गीतको अभ्यास गरेर मैले पहिलोपटक प्रतियोगितामा भाग लिएँ र उत्कृष्ट गायकको अवार्ड पनि जितें ।’

प्रतियोगितामा सहभागी १९ जना प्रतिस्पर्धीमध्येबाट प्रथम भएका मदनकृष्णले त्यति बेला उत्कृष्ट हुँदा पाएको ट्रफी अझै संहालेर राखेका छन् । त्यो अवार्ड नै गायन यात्राको आफ्नो पहिलो अवार्ड भएको पनि उनले बताए । उनी प्रथम भएको त्यो गीत दुर्गालाल श्रेष्ठले लेखेका थिए भने त्यतिबेलाका लोकप्रिय गायक प्रेमध्वज प्रधानले संगीत भरेका थिए ।

आपूm उत्कृष्ट भएको यो गीतलाई उनले पछि रत्न रेकर्डिङमा रेकर्ड गराए । अहिले पनि त्यो गीतलाई आपूmले विभिन्न स्टेजमा गाउँदै आएको बताउँछन् । जब उनले उत्कृष्टको उपाधि पाए साथीभाइ गायनलाई निरन्तरता दिन सुझाब दिए । त्यसपछि उनले साथीको सहयोगमा प्रज्ञा भवन, नाचघरदेखि साथीको घरको कोठामा समेत सुरु सुरुमा गीत रेकर्ड गरेका रहेछन् ।

तर, पछि साथीले गुणस्तरीय गीतको माग गरेपछि बल्ल उनी आफ्नो गीत रेकर्ड गर्न रत्न रेकर्डिङको स्टुडियो पुगेका रहेछन् । नेपाल भाषाको गीत प्रतिस्पर्धामा उत्कृष्ट भएपछि गायन यात्रा सुरु गरेका उनले नेपाल भाषाका दर्जन गीत गाएपछि बल्ल नेपाली गीतमा स्वर दिए । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.