DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आइसियू नपाएर टिचिङ अस्पतालका लेखाअधिकृतको निधन


  • कार्तिक १९, २०७७
  • 657 Views
आइसियू नपाएर टिचिङ अस्पतालका लेखाअधिकृतको निधन image

काठमाडौँ । १३० पटक बढि रक्तदान गरेर सयौको जीवन दानदिनुभयो । २०–२५वर्ष देखि त्रिविवि शिक्षण अस्पतालमा लेखापालकारुपमा कार्य गर्दा साथीभाइको मात्र होइन गरिब र असाहयको उपचारमा संधै सक्रिय हुनुभयो। तलवभत्ता पनि दिनदुखीको उपचारमा सहयोग गर्ने तपाईले नै त्रिविवि शिक्षण अस्पतालमा ८/८ घण्टा र अन्यत्रको अस्पतालमा पनि आइसियू र भेन्टिलेटर नपाएर देह त्याग गर्न बाध्य भएको सुन्दा धेरै दुख लागेको छ।

स्वास्थ्य उपचारका लागि आम जनताको भरोसाको केन्द्र त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमै लेखा अधिकृतमा कार्यरत इटनीले भने आफु कार्यरत अस्पतालमा उपचार नपाएर ज्यान गुमाउनु पर्‍यो भन्दा सायद कसैले पत्याउला । तर, सोमबार राती भयो त्यस्तै। २५ वर्ष देखि त्रिविवि शिक्षण अस्पतालमा साथीभाइ र अफ्ठेरोमा परेकाहरूको उपचारमा सहयोगी बन्दै आएका राजाराम इटनी आफैले भने उपचारका लागि बेड पाएनन्।

त्रिविवि शिक्षण अस्पतालको आर्थिक प्रशासनमा ९हाल लेखा अधिकृत० कार्यरत भएपनि आफ्नो गृहजिल्ला धादिङका लागि मात्र होइन अफ्ठेरो पर्‍यो भनेर सम्झने जो कोहीलाई सहयोग गर्ने इटनीका लागि सोमबार राती सोही अस्पतालमा बेड मिलाइदिने कोही भएन। श्वासप्रश्वासमा समस्या भएपछि राती इर्मजेन्सी सेवा लिन इटनी अस्पताल पुगे। शरिरमा अक्सिजनको लबेल ४५ भन्दा कम र वेहोस् अवस्थामा उपचारका लागि अस्पताल पुगेका उनलाई भेन्टिलेटरसहितको आइसियू चाहिने चिकित्सकहरूले बताए।

तर, अस्पतालमा भेन्टिलेटरसहितको आइसियू खाली नभएको डिउटीमा रहेका चिकित्सकले जानकारी दिए। इटनीको विग्रदो स्वास्थ्य अवस्था र चिकित्सकले पनि भेन्टिलेटरसहितको आइसियूको व्यवस्था गर्न सुझाएपछि उनका आफन्तले उनलाई राती नै करुणा अस्पताल पु(याए। जबकी कोरोना भाइरसको संक्रमितका लागि उपचारका लागि छुट्याइको कोभिट वाड र जनरलतर्फ पनि एकरएक भेन्टिलेटरसहितको आइसीयू अस्पतालमै खाली थियो। नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.