भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आठ महिनापछि भारतबाट आयो खरिद गरेको १० लाख खोप


  • आश्विन २४, २०७८
  • 463 Views
आठ महिनापछि  भारतबाट आयो खरिद गरेको १० लाख खोप image

काठमाडाैं । सरकारले अग्रिम भुक्तानी गरेको भए पनि आठ महिनापछि मात्रै कोभिड– १९ विरुद्धको खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले दश लाख डोज खोप पठाएको छ । सम्झौताअनुसार आठ महिनाअगाडि नै आउनुपर्ने भए पनि भारतले १० लाख पठाएर १० लाख डोज खोप रोकेको थियो । ५ फागुन ०७७ मा सरकार र सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख खोप खरिदका लागि सम्झौता भएको थियो ।

सरकारको पटक–पटकको पहलपछि शनिबार बाँकी १० लाख खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए । सम्झौताकै समयमा सरकारले चार डलरका दरले अग्रिम भुक्तानी गरेको थियो । भारतबाट आएका दश लाख डोज खोप दसैँपछि लगाउने सरकारको तयारी छ ।

९ माघ ०७७ मा भारतले नेपाललाई दश लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । भारतबाट दश लाख अनुदान, दश लाख खरिदको, नेपाली सेनालाई एक लाख सहयोग र कोभ्यास सुविधामार्फत तीन लाख ४८ हजार मात्रा खोप आएको थियो । तर, खरिद गरेको खोप आउन ढिला भएपछि सरकारलले अन्य देशसँग सहयोग मागेको थियो । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेका खोप दिएको थियो ।

त्यस्तै, भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिसिल्ड खोप प्राप्त भएको थियो । अहिलेसम्म पूर्ण खोप लगाउने ६४ लाख ४६ हजार नौ सय ५७ जना पुगेका छन् । पहिलो डोज लगाएका संख्या ८१ लाख २७ हजार दुई सय ६२ जना पुगेको छ ।

आजको नयाँ प्रत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.