भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आर्थिक पुनरुत्थानका कार्यक्रम कार्यान्वयन गर्न निर्देशन


  • मंसिर २०, २०७७
  • 594 Views
आर्थिक पुनरुत्थानका कार्यक्रम कार्यान्वयन गर्न निर्देशन image

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आव २०७७र७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो । उहाँले कोभिड–१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्यसम्पादन गरी क्षमता प्रदर्शन गर्न पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा समयसीमा निर्धारणसहित गर्नुहोस् । ”

मन्त्री पौडेलले अर्थ मन्त्रालयलगायत विभिन्न मन्त्रालयको पुँजीगत खर्च बढाउनका लागि थप पहल गर्न निर्देशन दिँदै अन्तरमन्त्रालय समन्वयमा पनि जोड दिनुभयो । उहाँले पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनोट गर्ने प्रवृत्ति क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा नै सम्पन्न गर्नका लागि सहजीकरण गर्न पनि निर्देशन दिनुभयो । मन्त्री पौडेलले आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउने समयमै बेरुजु फस्र्योट गर्ने, लक्ष्यअनुरूप बजेट कार्यान्वयन गर्ने र कार्यसम्पादनका लागि तोकिएका सूचकहरूको लक्ष्य समयभित्रै हासिल गरी चालू आवको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

उहाँले खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउँदै राजस्व परिचालनमा पनि जोड दिनुभयो । बैठकमा मन्त्रालयका सहसचिव रामेश्वर दङ्गालले चालू आवको प्रथम चौमासिक बजेटको खर्च स्थिति, राजस्व परिचालनको अवस्था, विकास सहायता परिचालन, शोधभर्नाको अवस्था, बेरुजु फस्र्योटको स्थिति तथा प्रथम चौमासिकको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था प्रस्तुत गर्नभएको थियो ।

शिष्टाचार भेट
यसैबीच मन्त्री पौडेलसँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रोजबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री पौडेलले नेपाल र युरोपियन युनियनबीच सुखद र असल सम्बन्ध रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा शिक्षा, कृषि, स्वास्थ, सङ्घीयता कार्यान्वयन, कोभिड–१९ न्यूनीकरण र रोकथाममा गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । भेटमा युरोपियन लगानी बैङ्कको सहयोग थप विस्तार गर्ने विषयमा पनि छलफल भएको छ । सो अवसरमा राजदूत डेप्रोचले कोभिड–१९ नियन्त्रणका लागि संयुक्त प्रयास गर्नुका साथै सहायता अभिवृद्धि गर्दै जाने बताउनुभएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । गोरखापत्र दैनिकबाट …..

 


Thali Mobile Pvt.Ltd.