भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उत्पादनहीन भूमिमा जडिबुटी खेती प्रवद्र्धन गरिँदै


  • माघ २३, २०७७
  • 738 Views
उत्पादनहीन भूमिमा जडिबुटी खेती प्रवद्र्धन गरिँदै image

काठमाण्डौं । सरकारले कृषि उपज कम हुने भूमिलाई सदुपयोग गर्दै जडिबुटी खेती प्रवद्र्धन गर्ने तयारी गरेको छ । वन तथा वातावरण मन्त्रालयले जडिबुटीबाटै मुलुकको आर्थिक समृद्धि सम्भव रहेको र गरिबी न्यूनिकरणमा सहयोग पुग्ने भन्दै उत्पादनहीन रुखो जग्गाको पनि सदुपयोग गर्दै जडिबुटी खेती प्रवद्र्धन गर्ने तयारी गरेको हो ।
पछिल्लो समय ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइसराइ गर्नेको संख्या बढिरहेको छ । यससँगै ग्रामीण क्षेत्रका धेरै भूभाग बाँझो भएको छ । बाँझो रहेका भूभाग सदुपयोग गर्दै जडिबुटी खेती प्रवद्र्धन गर्न सकेमा राज्यको आम्दानी बढ्ने मन्त्रालयको ठम्याइ छ ।

कृषकलाई जडिबुटी खेतीका लागि प्रोत्साहन गर्ने र राज्यले नै बजार सुनिश्चिताको ग्यारेन्टी गर्ने तयारी रहेको मन्त्रालयले बताएको छ । वनमन्त्री प्रेमबहादुर आलेले जुन स्थानमा मकै कोदोबाहेक अन्य केही कृषि नहुने स्थानमा र खाली रहेको भूभागमा जडिबुटी खेती विस्तारका लागि तयारी भइरहेको जानकारी दिए ।

“नेपालमा कति भू–भागमा जति काम गरे पनि उत्पादन नै कम हुन्छ, श्रमअनुसार त्यसको प्रतिफल नै कम हुन्छ, त्यस्ता भू–भागमा जडिबुटी खेती प्रवद्र्धन गर्नु आजको आवश्यकता पनि हो,” उनले भने, “कृषि उत्पादन खासै नहुने क्षेत्रको माटो परीक्षण गरेर राज्यले जडिबुटी खेतीलाई अगाडि बढाउने छ, बजारको व्यवस्था गरिने छ र प्रशोधित जडिबुटी मात्रै बिक्रि गरिने छ, यसले राज्यको रोयल्टी पनि बढ्छ र गरिवी न्यूनिकरण हुने छ ।”

जडिबुटी खेती प्रवद्र्धनका लागि अर्थमन्त्रीसँग छलफल भइरहेको उनको भनाई छ । मन्त्री आलेका अनुसार अहिलेलाई ५ जिल्लालाई ट्रायलको रूपमा अगाडि बढाउने तयारी भएको छ । नेपाल जडिबुटी उत्पादक संघका अनुसार पछिल्लो समय विश्व बजारमा नेपाली जडिबुटीको माग बढिरहेकाले माग अनुसार जडिबुटीको आपूर्ति भइरहेको बताएको छ । संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरेले जडिबुटी खेती प्रवद्र्धनका लागि सरकारले किसानलाई अनुदानको व्यवस्था, बजारको सुनिश्चिता र खुकुलो नीतिको व्यवस्था गर्न आवश्यक रहेको बताए । “जडिबुटीको माग बढिरहेको छ, कोभिडपछि झनै माग बढेको देखियो, विश्व बजारमा प्रचार बढिरहेको छ, भावी दिनमा अझै माग बढ्ने देखिन्छ,” उनले भने, “सरकारले किसानलाई जडिबुटी खेती प्रवद्र्धनका लागि कार्यक्रम ल्याउने जुन तयारी गरेको छ, त्यो निकै राम्रो हो, तर उनीहरूलाई राम्रो तालिमको व्यवस्था पनि हुनु जरुरी छ ।”

संघका अनुसार जडिबुटीको व्यवासायलाई थप प्रवद्र्धन गर्न सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण तयार गर्न पनि आवश्यक रहेको संघको भनाइ छ । झन्झटिलो सरकारी नीति, श्रमिकको अभाव, लगानीको सुनिश्चत नहुनु, बिमा नहुनु, उत्पादन घट्नु, अनुदानको व्यवस्था नहुनु लगायतका समस्याका कारण जडिबुटीजन्य उद्योगको लगानीमा निजी क्षेत्रको आकर्षण घट्दै गईरहेको संघले बताएको छ ।

पछिल्लो समय विदेशी बजारमा स्वदेशी जडिबुटीको माग बढिरहेको भए पनि उत्पादन कम हुँदा मागअनुसार निर्यात बढाउन नसकिएको जडिबुटी व्यवसायीहरूको भनाई छ । संघका अनुसार कोरोना भाइरसपछि अझै जडिबुटीको महत्व बढेपछि माग पनि ह्वात्तै बढेको छ । अघिल्लो वर्षको तुलनामा निर्यात पनि बढेको छ । संघका अनुसार अघिल्लो वर्ष वैशाखदेखि कात्तिकसम्म करिब ८१ करोड मूल्य बराबरको जडिबुटी निर्यात भएको थियो । तर यो वर्षमात्र्र १ अर्व १३ करोड निर्यात भइसकेको छ ।

आजको कारोबार दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.