भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उर्मिलाका परिवारलाई सरकारले सहयोग उपलब्ध गराउँछ : गृहमन्त्री खाँण


  • चैत्र ८, २०७८
  • 497 Views
उर्मिलाका परिवारलाई सरकारले सहयोग उपलब्ध गराउँछ : गृहमन्त्री खाँण image

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङ नगरपालिका ५ मा आइतबार भएको घटनामा मृत्यु भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई सरकारको तर्फबाट सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उर्मिलाका श्रीमान नविन श्रेष्ठलाई टेलिफोन गरेर गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्न खटिएको अवस्थामा भएको आक्रमणबाट मृत्यु भएकाले राज्यका तर्फबाट परिवारलाई सहुलियत उपलब्ध गराउने बताए।

‘कर्तव्य पालनाको शिलशिलामा उहाँको मृत्यु भएको छ। उहाँप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछु,’ गृहमन्त्री खाणको भनाइ उध्रित गर्दै उर्मिलाका पति नविनले भने, ‘तपाईँहरूले उहाँको काज किरियासम्बन्धी कार्य सिध्याएर सम्पर्कमा आउनुहोला। राज्यबाट हामीले सक्दो सहयोग प्रदान गर्छौं।’ गृहमन्त्री खाँणले लेटाङ घटनाको छानबिन गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.