DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एकतिहाइ पालिकामा पनि भएन गठबन्धन


  • बैशाख २१, २०७९
  • 405 Views
एकतिहाइ पालिकामा पनि भएन गठबन्धन image

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा सत्तारूढ पाँच दलले देशव्यापी गठबन्धन गर्ने भने पनि २ सय ९ पालिकामा मात्रै ‘सेट’ मै गठबन्धन भएको छ । कुल ७ सय ५३ स्थानीय तहमध्ये एकतिहाइभन्दा पनि कम अर्थात् २८ प्रतिशतमा मात्रै गठबन्धन सम्भव भएको छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा गठबन्धनको प्रयास गरेका हुन् । तालमेल गरिएका २ सय ९ मध्ये १ सय ३६ गाउँ पालिका हुन् भने ७३ नगरपालिका । दुवैमा महिला उम्मेदवार जम्मा ७र७ जना छन् ।

दलगत रूपमा कांग्रेसले १ सय ३४, माओवादीले ४९, एकीकृत समाजवादीले १८, जसपाले ४ र राष्ट्रिय जनमोर्चाले ४ पालिकाको प्रमुखरअध्यक्षमा उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनले प्रदेश १ मा सबैभन्दा बढी र मधेस प्रदेशमा सबैभन्दा थोरै पालिकामा तालमेल गरेका छन् । प्रदेश १ का १ सय ३७ पालिकामध्ये ५६ वटामा गठबन्धनले अध्यक्ष र प्रमुखमा संयुक्त उम्मेदवार उठाएको छ ।

प्रदेश २ का १ सय ३६ पालिकामध्ये ४ मा मात्रै तालमेलमा उम्मेदवारी परेको छ । गठबन्धनले जनकपुर उपमहानगरमा जसपाका लालकिशोर साह, कलैया उपमहानगरमा कांग्रेसका राजेश राय यादव, जितपुरसिमरा उपमहानगरमा माओवादीका राजन पौडेल र वीरगन्ज महानगरमा जसपाकै राजेशमान सिंहलाई प्रमुखको उम्मेदवार बनाएको छ ।

वाग्मतीका १ सय १९ पालिकामध्ये ३७ वटामा गठबन्धन देखिन्छ । दोलखाका ३, रामेछापको १, सिन्धुलीका ३, धादिङका ५, नुवाकोटको १, काठमाडौं महानगर, भक्तपुरको मध्यपुर थिमि, ललितपुरका ४, काभ्रेका ८, सिन्धुपाल्चोकको एक, मकवानपुरका चार, चितवनका ५ पालिकामा गठबन्धनले प्रमुखरअध्यक्षमा संयुक्त उम्मेदवारी दिएको छ । गण्डकीका ८५ पालिकामध्ये ३७ पालिकाको अध्यक्ष र प्रमुखमा गठबन्धनका उम्मेदवार चुनावी मैदानमा छन् । मनाङका ४, लमजुङका ३, कास्कीका २, तनहुँका २, स्याङ्जाका ३, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का ३ वटा पालिका प्रमुखमा गठबन्धनको उम्मेदवारी परेको छ ।

मुस्ताङका ५ र बागलुङका ९ वटा पालिकामा गठबन्धनले प्रमुखमा उम्मेदवार उठाएको छ । पर्वतका ३ वटा पालिकामा मात्रै गठबन्धनको उम्मेदवारी परेको छ । लुम्बिनीका १ सय ९ पालिकामध्ये २८ मा मात्रै गठबन्धनका उम्मेदवार छन् । गुल्मीका ९ वटा पालिकामा अध्यक्षरप्रमुखमा उम्मेदवारी परेको छ । पाल्पाका ५, अर्घाखाँचीका ६ र रूपन्देहीको एउटा पालिकामा गठबन्धनले संयुक्त उम्मेदवारी उठाएको छ । रोल्पाका २, प्यूठानका ४ र बाँकेको १ पालिका प्रमुखमा गठबन्धनबाट उम्मेदवार छन् । कान्तिपुर दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.