DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एक करोड खर्चमा बनेको नाचघर ?


  • माघ २७, २०७७
  • 667 Views
एक करोड खर्चमा बनेको नाचघर ? image

दाङ । घोराही उपमहानगरपाालिका केन्द्र घोराही बजारदेखि करिब ६ किलोमिटर उत्तर पूर्वमा रहेको ‘घोरदौरा’ गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारी स्तरबाट योजना तयार भयो । पर्यटन विकासका लागि त्यहाँ ‘नाचघर’ निर्माण गर्न २ वर्षअघि लुम्बिनी प्रदेश सरकारले योजना छनोट गरेर एक करोड बजेट विनियोजन गरेको थियो ।

निर्माण कम्पनीका अनुसार आइतबार मात्रै निर्माण सम्पन्न भएको यो नाचघरको लागत निकै अस्वाभाविक रहेको स्थानीयको भनाइ छ । लगात अनुसारको संरचना निर्माण नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । भिरालो जमिनलाई डोजर प्रयोग गरेर मैदान बनाइयो । पश्चिम तर्फको खाल्डोलाई समेत जमिनको सतहमा बराबर गर्नका लागि वाल भित्ता निर्माण गरियो ।

त्यसरी मैदान बनाएपछि दुईवटा कोठाको नाचघर निर्माण गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधिका अनुसार यी दुई कोठा नाच्ने कलाकारहरूको कपडा परिवर्तनका लागि तयार गरिएको हो । त्यसकै अगाडी नाच्नका लागि स्टेज निर्माण गरिएको छ । स्टेजको ओत टिनको छानो छ । स्टेज नजिकै पूर्वतर्फ दर्शक दिर्घामा छ । दर्शक बस्नका लागि ढुंगाको पेटी ९सिँढी० बनाइएको छ ।

‘सिँढीमा प्रयोग गरिएका ढुंगा जिल्ला बाहिर रुकुम, रोल्पा र प्युठानबाट ल्याइएको हो,’ नाच घर निर्माणको निगरानी गरेको जिल्ला वन कार्यालयका इन्जिनियर कृतिसिङ जिसीले भने, ‘ढुंगा खरिद र ढुवानीका लागि पनि महंगो लागत खर्च भयो ।’ नाचघरदेखि पूर्व तर्फको भिरालो जमिन बर्खाको समयमा जोखिम हुने देखिन्छ । बर्खा पानी परेको अवस्थामा उक्त नाच घरसम्म भिराले जमिनबाट भेल बग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ ।

भौतिक संरचनाको बनोट र यसमा खर्च भएको लागत निकै अस्वाभाविक भएको भन्दै चौतर्फी आलोचना भए पनि यसको अनुगमनको जिम्मा पाएको जिल्ला वन कार्यालयले भने निर्माण लागतमा केही तलमाथि नभएको दाबी गरेको छ । भिरालो जमिनलाई मैदान बनाउन, पश्चिम तर्फबाट वाल ९भित्ता० उठाएर जमिनको सतह बराबर बनाउँदा ठूलो रकम खर्च भएको कार्यालयको भनाइ छ ।

‘पश्चिम तर्फको खाल्डोबाट पूर्व तर्फको जमिनको सतहसम्म बराबर बनाउँदा धेरै खर्च लागेको छ,’ इन्जिनियर जिसीले भने, ‘त्यो आरसिसी वालमा मात्रै ४० लाख रुपैयाँ खर्च भएको छ ।’ उनका अनुसार स्टेजमा प्रयोग गरिएका ‘प्युठानी’ ढुंगा अधिक महंगो रहेकाले पनि लागत बढेको हो । ‘प्युठानी ढुंगा प्रयोग भएका छन्,’ उनले भने ‘महंगो यो ढुंगा खरिद र ढुवानीमा पनि धेरै खर्च लागेको छ ।’

स्टेजको छानो पनि उत्तिकै महंगो पर्न भएको उनको भनाइ छ । यो छानोमा प्रयोग भएको ‘मेटेरियल’ काठमाडौंबाट ल्याइएको उनले बताए । उक्त स्थानमा पानीको व्यवस्था छैन । घोराहीबाटै पानी ढुवानी गर्नुपर्ने भएकाले रकम महंगो परेको इन्जिनियर जिसीको भनाइ छ । नाचघर निर्माणका लागि एक करोड रुपैयाँ खर्च भएको छ । तर, यो घरले पूर्णता भने अझै पाएको छैन । पूर्णता दिनका लागि चालु आर्थिक वर्षमा थप ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । नाच हेर्नका लागि जाने दर्शकका शौचालय निर्माणलगायत दर्शक बस्ने सिँडी बढाउनका लागि उक्त रकम खर्च गर्ने निर्माण कम्पनीले जनाएको छ ।

कस्तो ठाउँमा नाच घर ?

जिल्ला वन कार्यालयका अनुसार लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक नाचघर निर्माण गर्ने योजना तयार गर्‍यो । जिल्लामा हुने कार्यक्रममा परम्परागत नृत्यको प्रवद्र्धनका लागि नाचघर बनाउने लक्ष्य प्रदेश सरकारको थियो । मुख्यमन्त्री शंकर पोखरेलले घोरदौरमा ठाउँ छनोट गरे । मुख्यमन्त्रीले त्यहाँबाट हिमाल पनि देख्न पाइने र घोराही बजार समेत देख्न सकिने भएकाले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न उक्त ठाउँ छनोट गरेको स्रोतको भनाइ छ ।

तर, घोरदौरासम्म पुग्नका लागि कच्ची धुलाम्य सडक छ । घोराहीमा भएको कार्यक्रमका सहभागीलाई नाच देखाउनका लागि मात्रै ६ किलोमिटर पहाड उकाल्ने रु भन्ने प्रश्नमा वन कार्यालय स्रोतले भन्यो ‘खोई त्यो त थाहा भएन ।’ भौगोलिक विकटतासँगै नाचघर निर्माण गरिएको ठाउँमा खानेपानीको समेत व्यवस्था छैन । न पक्की सडक, न खानेपानीको सुविधान अत्यावश्यक पूर्वाधारको ख्यालै नगरेर घोरदौराको डाँडोमा निर्माण गरिएको नाचघरको औचित्यमाथि अहिले प्रश्न उठेको छ । नागरिक दैनिकबाट …

 


Thali Mobile Pvt.Ltd.