भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीको कहर: ६०० मेगावाट जलविद्युत प्रभावित, करोडौंको उत्पादन घाटा | सरकारले आठ जटिल रोगको उपचारमा थप एक लाख रुपैयाँ दिने निर्णय, कार्यान्वयनमा चुनौतीहरू के के? | एसईई उत्तीर्ण खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा बधाई तथा मार्गदर्शन | सुर्यविनायक नगर अस्पताललाई ५० शैयाको अस्पतालको रूपमा स्वीकृति | “लाली पाउडर लाया जसी ” सार्वजनिक, रोशन टमट्टा र संगीता बडुवालको आवाजमा नयाँ देउडा गीत | बुढानिलकण्ठ–६ मा निःशुल्क दन्त शिविर, १४४ जनाले पाए सेवा | चिकित्सक सङ्घको आन्दोलन स्थगित, अस्पताल सेवा पुनःसञ्चालन | ट्रम्प–नेतान्याहूबीच २४ घण्टामा दोश्रो वार्ता, गाजा युद्धविरामलाई प्राथमिकता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एक क्विन्टल सुन तस्करी प्रकरण : भन्सार प्रमुखसहित चार जनामाथि अनुसन्धान गर्न अख्तियारमा उजुरी


  • श्रावण १६, २०८०
  • 146 Views
एक क्विन्टल सुन तस्करी प्रकरण : भन्सार प्रमुखसहित चार जनामाथि अनुसन्धान गर्न अख्तियारमा उजुरी image

काठमाडौं । त्रिभुवन विमानस्थलबाट गत ३ साउनमा बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणमा विमानस्थल भन्सार प्रमुखसहित चार जनामाथि अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन भन्सार प्रमुख अरुण पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख रामबन्धु सुवेदी, विमानस्थलमा खटिएका प्रहरी प्रमुख डिआइजी अर्जुन चन्द, विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका प्रहरी प्रमुख एसएसपी भूमि पाठकमाथि अनुसन्धानको माग गर्दै आयोगमा उजुरी दर्ता भएको छ ।

भ्रष्टाचारविरुद्धको साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमान सिंह पाख्रिनले चार जनामाथि छानबिन गर्न निवेदन दिएका हुन् । सुन तस्करी भएको समयमा प्रहरी प्रमुख अर्जुन चन्द र भन्सार कार्यालय प्रमुख अरुण पोखरेल बिदामा बसेका बेलामा तस्करी हुनुले संशय उत्पन्न भएकाले उनीहरूमाथि छानबिन प्रक्रिया अगाडि बढाउन आफूले अख्तियारसमक्ष माग गरेको भ्रष्टाचारविरुद्धको साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमान सिंह पाख्रिनले बताए । भन्सार प्रमुख पोखरेल १७ असारदेखि ढाडको समस्या भएको भन्दै बिरामी बिदामा बसेका थिए ।

पदीय आचरणविपरीत बिदामा बसी सय केजी सुन तस्करी प्रकरणमा सहयोग पुग्ने काम गरेको र विवादमा मुछिएकाले कार्यालयमा रहँदा जिम्मेवारी वहन गर्न नसकेको पाख्रिनले दिएको निवेदनमा उल्लेख छ । साथै अध्यक्ष पाख्रिनले सार्वजनिक पदधारण गर्ने सबैको विस्तृत छानबिन तथा अनुसन्धानपश्चात् निजले सार्वजनिक पदधारण गर्दाको सुरुवातदेखि हालसम्मको सेवामा रहँदा अनुचित कार्य गरेको एवं गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएमा भ्रटाचार निवारण ऐन २०५९ संसोधनसहित बनेको कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, बरामद सुन ३ साउनमा क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजस्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो ।
एक क्विन्टल सुन तस्करी प्रकरणअन्तर्गत हालसम्म त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्स–रे मेसिन अपरेटर सरोज श्रेष्ठ निलम्बनमा परेका छन् । राजस्व अनुसन्धान विभागले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । त्यस्तै, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएर अर्थ मन्त्रालय तानिएको छ ।

तस्करीको सुन भन्सार जाँचपासमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको नेतृत्वसहित करिब २० कर्मचारीको भूमिका शंकास्पद रहेको राजस्व अनुसन्धान विभाग स्रोतले बतायो । यस्तै, चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालक राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट पक्राउ परिसकेका छन् । यस्तै, १० दिन म्याद लिएर अनुसन्धान जारी रहेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलिप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

प्रतिवेदनमा ढिलाइ किन ?

विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेपछि भन्सार विभागले साउन ४ गते आन्तरिक छानबिन समिति बनायो । पाँच दिनभित्र अनुसन्धान पूरा गरेर प्रतिवेदन बुझाउने भने पनि हालसम्म काम पूरा नभएको विभागले जनाएको छ । विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय समितिलाई तस्करीको सुन भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको सम्बन्धमा छानबिन गरी प्रतिवेदन बुझाउन भनेको थियो ।

त्यस्तै, भन्सार विभागले हङकङ भन्सारसँग पनि जवाफ मागेको छ । भन्सार विभागका अनुसार हङकङ विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर आउँदा रेडी ट्रेडर्सको सो सामान ‘लिड विथआउट ब्याट्री’ र ‘ब्रेक सु’ भनेर लेखिएको छ । यसरी अर्कैथोक भनेर लेखिएको सामग्रीमा सुन कसरी आयो रु भन्ने विषयमा भन्सार विभागको छानबिन समितिले हङकङ विमानस्थलको भन्सार कार्यालयलाई प्रश्न सोधेको छ । राजधानी देनिकबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.