भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एमालेको नयाँ रणनीति : कांग्रेसको असन्तुष्ट समूहसँग घोषित सहकार्यको विकल्प खुला


  • आश्विन १२, २०७९
  • 209 Views
एमालेको नयाँ रणनीति : कांग्रेसको असन्तुष्ट समूहसँग घोषित सहकार्यको विकल्प खुला image

काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँडको असन्तुष्टिलाई उपयोग गर्ने रणनीतिमा छ । खास गरेर कांग्रेसमा शेखर कोइराला र गगन थापा समूहको असन्तुष्टिमाथि नजर लगाएको छ । सत्तागठबन्धनभित्र सिट बाँडफाँड टुंगिएर असन्तुष्टिको स्वरुप सतहमा आएपछि मात्र सरकारबाहिरका लोसपा, राप्रपालगायत साना दलसँगको तालमेल टुंग्याउने एमालेको रणनीति छ ।

प्रतयक्षतर्फको मनोनयन नजिकिँदै जाँदा गठबन्धनभित्र सिट बाँडफाँड पेचिलो बन्दै जाने र त्यसको असर कांग्रेसमा धेरै देखिने एमालेको बुझाइ छ । कोइराला–थापा समूहको असन्तुष्टिको स्वरुप मसिनो ढंगले विश्लेषण गर्ने, उनीहरुको प्रभाव क्षेत्र रहेकोा स्थानबाट खडा हुन सक्ने कांग्रेसका विद्रोही उम्मेदवारललाई कतिपय स्थानमा घोषित रुपमै सहयोग गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले हतारमा अन्य दलसँग सिट बाँडफाँड नटुंग्याउने एमालेको रणनीति छ । त्यसपछि मात्रै लोसपा, राप्रपालगायत दलसँगको स्थानीय तालमेलका क्षेत्रबारे ठोस निर्णय लिने नेतृत्वको योजना छ । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.