भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एसेम्बलिङ उद्योगमा सुविधा कटौती हुनुहुन्न : नाडा


  • जेष्ठ १०, २०८०
  • 246 Views
एसेम्बलिङ उद्योगमा सुविधा कटौती हुनुहुन्न : नाडा image

काठमाडौं । आगामी बजेटमा सवारीसाधन एसेम्बलिङ उद्योगलाई दिइँदै आएको महशुलमा छूट लगायतका नीतिगत सुविधा कटौती गर्न लागिएको भन्ने विषयमा नाडा अटोमोबाइल्स एशोसिएशनले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

नाडाले आफूहरूले राख्दै आएको मागलाई दृष्टिगत गर्दै सरकारले एसेम्बल उद्योग स्थापनाका लागि त्यसमा लाग्ने महशुलमा विभिन्न छूट र नीतिगत सुविधाको व्यवस्था गरेको स्मरण गरेको छ । नेपालमा सवारीसाधन उत्पादन तथा एसेम्बल गर्ने उद्योग केही खुलेका र केही खुल्ने क्रममा रहेको नाडाको भनाइ छ ।

‘नेपालमा नै सवारीसाधनको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधारणले सस्तो मूल्यमा सवारीसाधन प्राप्त गर्ने, थप रोजगारी सृजना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण भई नेपाली प्राविधिकको क्षमता विकासमा ठूलो सहयोग पुग्छ,’ नाडाले भनेको छ ।

एउटा एसेम्बल उद्योगको कारण त्यसमा आश्रित कैयौं अन्य उद्योगको स्थापना हुने भन्दै यसको क्षेत्र बहुआयामिक रहेको नाडाको तर्क छ ।

‘सरकारले यस्ता तथ्यलाई कम आकलन गर्दै भएकै सुविधालाई समेत कटौती गर्ने नीति ल्याएमा त्यस्ता एसेम्बल उद्योगमा लगानी गरिरहेका उद्योगी व्यवसायीको ठूलो लगानी डुब्ने मात्र नभई नेपालको औद्योगिकीकरण अझै पछाडि पर्ने निश्चित छ,’ नाडाको भनाइ छ ।
बजेटको तर्जुमा गर्दा सवारीसाधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गर्न नाडाले सरकारसँग माग गरेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.