भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ओलीको चुनावी योजना स् ५० लाख मत, १२० सिट


  • पुष ८, २०७७
  • 670 Views
ओलीको चुनावी योजना स् ५० लाख मत, १२० सिट image

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् । मंगलबार आफू निकट केन्द्रीय कमिटीका सदस्यको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने गरी चुनावी अभियान थालिने बताएका हुन् । उनले सो निर्वाचनमा समानुपातिकतर्फ ५० लाख भोट ल्याउने गरी निर्वाचन अभियान थाल्न सम्पूर्ण केन्द्रीय सदस्य र आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले प्रत्यक्षतर्फ कम्तीमा १२० सिट ल्याउने गरी चुनावी अभियानलाई व्यवस्थित पारिने योजनासमेत सुनाए ।

‘हामीले गत निर्वाचनमा दुई पार्टी मिलेर १ सय १६ सिट ल्याएका थियौं । अब नेकपा एक्लैले १ सय २० सिट ल्याउने गरी चुनावी माहोल सिर्जना गर्नेछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले निर्वाचनकै क्रममा आँधीबेहरीका रूपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाउने उद्घोष गरे । ‘आँधीतुफानका रूपमा पार्टीलाई अगाडि लिएर जाँदै छौं । हामी राजनीतिमा सम्पूर्ण ढंगले समर्पित भएर काम गर्छौं । सही विचार र उद्देश्यको तागत दुनियाँलाई देखाउँछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले यसका लागि व्यापक रूपमा पार्टी पंक्ति परिचालन गरिने जनाए ।

‘देशभक्तिमा के तागत हुन्छ रु राष्ट्रवादमा के तागत हुन्छ रु राष्ट्रिय स्वाभिमानमा के तागत हुन्छ रु अब हामी देखाइदिनेछांै,’ प्रधानमन्त्री ओलीले भने । उनले स्वच्छता कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र निर्मूल गर्ने, सुशासन र शान्ति कायम गर्ने नीति तथा व्यवहारको तागतले पनि निर्वाचनमा सहजै जित हासिल हुने दाबी गरे । ‘यस्तो काम सञ्चालन गर्न हामीसँग सशक्त, विचारमा स्पष्ट र गतिशील पार्टी चाहिन्छ,’ उनले भने । उनले यसैका लागि केन्द्रीय समितिमा ५ सय ५६ जनालाई थप गरी १ हजार १ सय जनाको केन्द्रीय कमिटी बनाइएको जानकारी दिए । अहिले विशेष परिस्थिति भएको र सिंगो पार्टी पक्तिलाई निर्वाचन र जनहितमा केन्द्रित गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीलाई केही ठूलो पार्नुपरेको उनले जनाए ।

‘एकथरी मान्छेहरू विभाजनका लागि उद्यत छन् । त्यस कुरालाई पनि ध्यानमा राख्नुपर्छ । विभाजित भएर छुट्टियो नै भने पनि आन्दोलनलाई कमजोर हुन नदिने गरी अगाडि बढ्नुपर्छ । अध्यक्षको नाताले मैले पार्टीलाई कुनै पनि हालतमा असफल हुन दिनुहुन्न, गतिहीन बन्न दिनुहुँदैन । आन्दोलनलाई सिद्धिन दिनुभएन । पार्टीलाई ध्वस्त हुन दिनुभएन त्यसकारण सदस्यहरू थपिएको हो,’ ओलीले भने । सहमतिमै एकीकरणका कार्य सम्पन्न गर्दै एकताको महाधिवेशन गर्नुपर्नेमा त्यो बाटो नै नलिई गुटबन्दी, अस्वस्थता, अनुशासनहीनता र अराजकताको सिकार भएर फुटको औजार बन्ने चरित्रका कारण पार्टीमा खतरा उत्पन्न भएको उनले बताए ।राजधान िदैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.