भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ओलीले बनाए जम्बो केन्द्रीय समिति


  • पुष ८, २०७७
  • 696 Views
ओलीले बनाए जम्बो केन्द्रीय समिति image

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय समिति पुनर्गठन गरी १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ। यो समूहले २०७८ साल मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन आयोजक समिति गठन गरेको उक्त समूहका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले बताए। प्रवक्ता ज्ञवालीका अनुसार मौजुदा ४ सय ४७ सदस्यीय केन्द्रीय समितिमा ५ सय ५६ जना थप गरिएको हो। १ सय ९६ जना थप्न बाँकी रहेको ज्ञवालीले बताए। प्रधानमन्त्री ओलीले केन्द्रीय समितिमा नाम थप गरी अनुमोदन गर्न बैठकमा पेस गरेका थिए।

ज्ञवालीले पार्टी अध्यक्ष, महासचिव र माइन्युटबिना अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठकको आधिकारिकता नहुने बताए। ‘पार्टी अध्यक्ष, महासचिव र र माइन्युटबिना पनि बैठक बस्छ र रु’, उनले भने, ‘त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन।’ उनले बालुवाटार बैठकले कसैलाई कारबाही नगरेको बरु केही जिम्मेवारी हेरफेर गरेको बताए। पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई जिम्मा दिने निर्णय बैठकले गरेको हो। ओली समूहले मंगलबारै केन्द्रीय समिति पुनर्गठन गरी नामावलीसहितको निवेदन निर्वाचन आयोगमा पेस गरेको छ।

‘प्रचण्डले मलाई निकालिदिने रे’
बैठकमा ओलीले दाहाल–नेपाल पक्ष बाहिरिएकामा चिन्ता नगर्न आग्रह गरेका थिए। ‘भन्न त नहुने हो, नमिले पनि जीवन शर्माको एउटा गीत छ। पिलो निचोरिँदैमा वजन घटेको हुन्न। पिलो निचोरिन्छ, त्यसको खिल बाहिर जान्छ। वजन घटेको हुन्न’, ओलीले भने। उनले प्रतिनिधिसभा विघटनको निर्णयबारे स्पष्टसमेत पारेका थिए। ‘देशभक्ति नभएका, लोकतान्त्रिक चिन्तन नभएका, देश र जनताको बाटोमा कहिल्यै नसोच्ने, आफू र आफ्नो परिवार मात्र सोच्नेहरूको हातमा देश सुम्पिन सकिँदैन। त्यसकारण विघटनको बाटोमा जानुपर्‍यो’, उनले भने। ओलीले दाहाल र नेपाल कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चल्न नसकेको आरोपसमेत लगाए।

‘उहाँ ९प्रचण्ड–माधव०हरू त मान्नु भएन। उहाँहरू बेग्लै संसारमा, बेग्लै सपनामा, कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ रु कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ रु मलाई थाहा छैन। तर, उहाँहरू यस धर्तीमा, यस धर्तीको भूमिमा, यस धर्तीको जगमा, कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनु भएको छैन। अहिलेको आवश्यकताको जगमा उहाँहरू चलिरहनु भएको छैन’, बालुवाटारमा मंगलबार आफ्नो पक्षका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले भने। उनले अब निर्वाचनले मिलाउँछ कि भनेर दाहालसँग संवाद गरेको प्रसंग उल्लेख गर्दै भने, ‘मैले अस्ति प्रचण्डजीसँग भनेको थिएँ।

हामीले केही मिलाउन सकेनौं, अब निर्वाचनले मिलाउँछ कि रु निर्वाचनमा त हामी एकजुट भएर जानुपर्‍यो। हाम्रो शक्ति एकजुट भएर निर्वाचनमा लगाउनुपर्‍यो। आपसी अन्तरविरोधहरू टुंग्याउनुपर्‍यो। अब एकजुट भएर हामी निर्वाचनको काममा अगाडि बढौं। प्रधानमन्त्री बन्नु नै छ भने पनि चुनावबाट बन्ने होला नि त रु प्रधानमन्त्री म चुनावबाट बनेको हुँ। यसले हामीलाई एक ठाउँ पुर्‍याउँछ। अरू पार्टीहरू पनि सकेसम्म एकजुट हुँदैछन्। चुनावका लागि, चुनावको सामना गर्नका लागि।’ ओलीले नाकाबन्दीविरुद्ध डटेर सामना गर्दा आफूमाथि हमला भएको प्रसंग निकाल्दै भने, ‘म प्रधानमन्त्री भएपछि नाकाबन्दीका विरुद्ध हामीले संविधान जारी गर्‍यौं। संविधान जारी गरेबापत हमला भयो। नाकाबन्दी हामीमाथि लगाइयो। नाकाबन्दीविरुद्ध हामीले डटेर सामना गर्‍यौं।

त्यसबेला आलोचना र विरोध हामीविरुद्ध केन्द्रित गरियो। देश बर्बाद भयो, नसक्ने ठाउँमा सिङ जुधाउन गयो। छिमेकीहरूसँग सम्बन्ध बिगार्‍यो। हामीले सम्बन्ध बिगारेका थिएनौं। हामीले त नाकाबन्दी भोगिरहेका थियौं र त्यसका विरुद्ध भोको पेटमा सामना गरिरहेका थियौं। तर, पनि हाम्रो राष्ट्रको सम्मान, सार्वभौम सत्ताका लागि लड्दा देशभित्रै आलोचना गर्ने व्यक्ति थिए। हाम्रै पार्टीका शीर्ष नेताहरूले एउटा व्यक्तिको दुर्बुद्धिको कारणले, बोल्न नजानेर देश नै अप्ठ्यारोमा पर्ने स्थिति भयो, अब नेतृत्व फेर्नुपर्छ भनेर सार्वजनिक ढंगले बोलेर अभियान थाल्नुभयो।’

उनको भनाइ थियो, ‘हामी एउटा देशबाट घेरिएका थियौं। चीनतिरबाट पनि बाटो खोलेपछि त सहिसक्नु नै भएन। तीव्र भयो, हमला। चीनतिरबाट पारवहन र यातायातसम्बन्धी सन्धि भएपछि, चीनतिरका विभिन्न नाकाहरू खोलेपछि, विभिन्न बाटाहरू बनाएपछि, चीनसँग जोड्ने बाटो बनाइयो भनेर हामीमाथि हमला भयो।’ ओलीले एउटा सशक्त, एकताबद्ध र गतिशील पार्टी निर्माणको चरणमा आफूहरू रहेको बताए। भने, ‘म सुन्दै छु केपी ओलीलाई निकाल्नुहुन्छ रे। उहाँहरूभन्दा १० वर्षअघि पार्टी सदस्यता मैले लिएको होला।

एउटा आन्दोलन सुरु गरेर जतिबेला आन्दोलन टुक्राटुक्रा, धुजाधुजामा थियो, त्यस अवस्थामा एकता एकीकरणको अभियान थालेर आएको मलाई आज ताजुब के भने प्रचण्डले मलाई निकालिदिने रे पार्टीबाट। म साथीहरूलाई भन्न चाहन्छु, हामी यस्ता कुराहरूमा अल्झिदैनौं।’ ओलीले थपे, ‘पार्टी चल्न सक्ने अवस्थामा थिएन कमरेडहरू। हामीले चाहेर के गर्ने रु अहिले पनि चाहेका छौं। उहाँहरूले जस्तो कसैलाई निष्कासन गरेर कुदिरहेका छैनौं। उहाँहरू यति उपद्रो गर्दै हुनुहुन्छ, यति अन्तरघात गर्दै हुनुहुन्छ, वामपन्थी आन्दोलनलाई ध्वस्त पार्न कम्युनिस्ट पार्टीभित्रै विग्रहको खेती गरिरहनुभएको छ। तर, पनि हामी कसैलाई निकालिरहेका छैनौं। आफैं उहाँहरू किनारा लाग्दै हुनुहुन्छ।

त्रिशूलीमा तपाईंहरूले हेर्नुभएको होला, केही केही चिज नदीमा पर्‍यो भने त्यो बग्दै जाँदा किनारा किनारातिर लाग्छ। नदी बग्दै जाँदा फोहोरहरू किनारातिर धकेलिँदै जान्छ र सफा हुँदै अगाडि जान्छ। भन्न त नहुने हो, नमिले पनि जीवन शर्माको एउटा गीत सम्झिनुपर्‍यो जस्तो लाग्छ, पिलो निचोरिँदैमा वजन घटेको हुन्न। पिलो निचोरिन्छ, त्यसको खिल बाहिर जान्छ। वजन घटेको हुन्न।’ चुनावमा कम्तीमा ५० लाख लोकप्रिय भोटसहित बहुमत ल्याउने दाबी गर्दै ओली भने, ‘त्यसकारण हामीले निश्चित समयभित्र लगभग ११ महिनाभित्र अब महाधिवेशन गरिसक्ने विचार गरेका छौं। हामीले चुनावमा पनि जानु छ यसपछि। अब हामी चुनावको तयारीमा जुट्छौं। चुनावमा जान्छौं। हामी चुनावपछि अकामहरूलाई बढी व्यवस्थित गर्नु छ।

हामीले दुई पार्टी मिलेर १ सय १६ सिटमा जितेका थियौं। अहिले त्यसमा ४ सिट थप्नुपर्नेछ। १ सय २० सिट पुग्नुपर्नेछ।’ नयाँ परिस्थितिमा केन्द्रीय समितिलाई पुनर्गठन गरेर विस्तार गर्नु परेको उनको भनाइ थियो। भने, ‘अब यसपछिको परिस्थितिको हामीले कसरी सामना गर्ने रु उनीहरूले निहुँ त अगाडिदेखि खोजिरहेकै थिए, अब झन् उनीहरूले निहुँ बनाउँछन्। परामर्श पनि नगरेर अध्यक्षलाई निष्कासन गर्ने आदि इत्यादि गरिरहेका छन्। महाधिवेशन गर्नुपर्ने, गरिरहेका छैनन्। त्यतापट्टि लागिराखेका छैनन्। अन्नपूर्णपोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.