भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कर्णालीमा कोरोना संक्रमण बढ्दै


  • माघ ५, २०७८
  • 486 Views
कर्णालीमा कोरोना संक्रमण बढ्दै image

कर्णाली प्रदेश । कर्णाली प्रदेशमा दिनानु दिन कोरोना भाइरसका संक्रमितहरु बढेका छन्। कोरोना संक्रमण बढ्दा सक्रिय संक्रमितको संख्या उच्च गतिमा बढेको हो। कर्णालीमा कोरोनाको उच्च सुरक्षा जोखिम भएपछि कर्णाली सरकारले सबैमा सजक रहन आग्रह गर्दै कोरोना नियन्त्रणका लागि करोडौं रकम विनियोजन गरेको छ। कर्णाली प्रदेशमा २४ घण्टाभित्र ७२ प्रतिशतका दरले संक्रमण बढेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

गत महिनाभन्दा अहिले कारोना संक्रमण दर उच्च रहेको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक रविन खड्काले बताए। एक महिनाभित्र ३४ प्रतिशन कोरोना संक्रमण देखिएको उनले बताए। अहिले कर्णालीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ५ जना रहेको छ। जसमा ३ जना मात्र स्वास्थ्य संस्थाले बनाएको आसोलेसनमा भर्ना भएका छन्। बाँकी ३ सय २ जना होमआइसोलेसनमा बसेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

कर्णाली प्रदेशको सल्यान र डोल्पा बाहेक सबै जिल्लामा अक्सिजन प्लान्ट जडान भईसकेको छ। दैलेख, सुर्खेत, रुकुम पश्चिम र जुम्लामा कोरोना परीक्षणको मात्रा बढाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सुर्खेतमा मात्र सोमबारसम्म २ सय २४ जना कोरोना संक्रमित पुष्टि भएको छ। कर्णालीमा पछिल्लो हप्ता संक्रमित बढी देखिए पनि अवस्था सामान्य भएकाले विरामीहरु होम आइसोलेसनमा बसेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले बताए। खोपलाई उच्च प्राथमिकता दिएर लगाइएकाले संक्रमण दर बढेपनि अवस्था सामान्य भएको शाहीको भनाइ छ।

भारतबाट लुम्बिनी प्रदेशको बाँकेस्थित जमुनाह नाका र सुदूरपश्चिम प्रदेश कैलालीको गौरीफन्डा, महेन्द्रनगरको गड्डाचौकी नाका हुँदै भारतबाट कर्णाली प्रदेश प्रवेश गर्ने दिनानु दिन बढीरहेका छन्। जसका कारण कर्णालीका गाउँगाउँमा कोरोना संक्रमण भुषमा आगोजस्तै सल्किएको स्वास्थ्यकर्मीहरु बताउँछन्। प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय लगायत सरकारी कार्यालयका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमितको संख्या बढेको छ। कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण दर घटाउन अन्तरप्रदेश नाकामा स्वास्थ्यकर्मी पठाएपनि चेकजाँच हुन सकेको छैन। नागरिक दैनिकबाट…

 

 


Thali Mobile Pvt.Ltd.