भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कार्गो रेल सञ्चालन गर्न पहल


  • मंसिर २१, २०७८
  • 415 Views
कार्गो रेल सञ्चालन गर्न पहल image

विराटनगर । भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सार जाँचचौकी आईसीपी स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तरसरकारी समन्वयको काम थालेको छ । मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधनगरसम्म कार्गो रेल ल्याउन छलफल थालिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय भारतीय पक्षसँग छलफल गर्ने स्तरमा पुगेको जानकारी दिनुभयो ।

आईसीपीको रेल स्टेसनसम्म कार्गो रेल सञ्चालन गर्न सकिने विज्ञको सुझावका आधारमा केही प्रक्रियागत पहल सुरु गरिएको हो । मन्त्रालयका प्रवक्ता रेग्मीले नेपाल–भारत रेलवे निर्माण सम्झौतामा बथनाहा–कटहरी १८.६ किलोमिटरको दूरी उल्लेख छ । भारतीय पक्षले निर्माण सम्पन्न भइसकेको क्षेत्रलाई प्रयोगमा ल्याउन दिएर बाँकी क्षेत्र निर्माण गर्ने सहमति दिए आगामी नौ महिनाभित्रमा आईसीपीसम्म कार्गो रेल ल्याउन सकिने विज्ञले सुझाव दिएका छन् ।

रेलमार्गको १८।६ किलोमिटरमध्ये निर्माण सकिएको सात किलोमिटर दूरीबाहेकको काम अहिले भइरहेको छ । बथनाहा रेलवे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको सात किलोमिटरमा २०७६ कात्तिकमा रेलवे लिक परीक्षण भइसकेको छ । एसियाली विकास बैङ्कका परामर्शदाता श्याम दाहाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रविशङ्कर सैँजूले गत जुलाई–अगस्टमा स्थलगत अध्ययन गरेर आईसीपीसम्म कार्गो रेल ल्याउन सक्ने सम्भावना रहेको सुझाव दिनुभएको थियो ।

त्यसैका आधारमा अहिले मन्त्रालयले बाँकी प्रक्रियागत पहल लिन थालेको हो । कार्गो रेल सञ्चालनका लागि पहिलो चरणमा नेपालले ८७५ मिटर लम्बाइ र ३१ मिटर चौडाइको यार्ड र आईसीपीसम्मको पहुँच मार्ग निर्माण गर्नुपर्नेछ । प्रारम्भिक रूपमा यार्ड निर्माणका लागि छ करोड ८४ लाख रुपियाँ र पहुँच मार्ग निर्माणका लागि ६३ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । दोस्रो चरणमा अधिग्रहण भइसकेको रेलवेको जग्गा र आईसीपीभित्रको खाली क्षेत्रलाई समेटेर ४० मिटर चौडाइको कन्टेनर प्लेटफर्म विकास गर्न प्रस्ताव गरिएको छ । यसका लागि ४२ करोड ८८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

पहिलो र दोस्रो चरणको विस्तारपछि कन्टेनर यार्ड ७१ मिटर चौडाइको हुनेछ । कार्गो रेल सञ्चालनका लागि एकीकृत भन्सार जाँचचौकी, रेलवे र भारतीय भन्सारबीच विराटनगर भन्सारले समन्वयको काम गर्ने बताइएको छ । विराटनगर भन्सारका प्रमुख ताराप्रसाद सापकोटाले व्यापार सहजीकरण बैठकमा कार्गो रेल ल्याउने विषयमा छलफल गरिने बताउनुभयो । भन्सार प्रमुख सापकोटाका अनुसार रेल ढुवानीमा विराटनगर भन्सारमार्फत भारत तथा तेस्रो मुलुकमा हुने निकासी र तेस्रो मुलुकबाट पैठारी गर्दा हाल लाग्दै आएको सडक यातायातको खर्चमा ३५ प्रतिशतले कमी आउनेछ ।

विराटनगर भन्सार हुँदै भारत तथा तेस्रो मुलुक निकासी र पैठारी हुने मालवस्तु वीरगञ्ज नाकाबाट भइरहेको छ । यदि यो कार्गो रेल सञ्चालनमा आए विराटनगर नाकाबाट पनि आयात निर्यात बढ्ने विश्वास गरिएको छ । भन्सार प्रमुख सापकोटाले अन्तरसरकारी निकायबीचको समन्वय बढाउँदै भारतसँग उच्च सरकारीस्तरमा छलफल गरेर आईसीपीसम्मको रेलवेलाई प्रयोगमा ल्याउन पहल भइरहेको बताउनुभयो ।

उहाँले केही दिनअघि अर्थमन्त्री जनार्दन शर्मा विराटनगर आउँदासमेत उद्योगी व्यवसायीले भारतसँग वार्ता गरेर कार्गो ल्याउन पहल गरिदिन आग्रह गरेका थिए । भन्सार क्षेत्रको निरीक्षणमा जानुभएका अर्थमन्त्री शर्मालाई समेत भन्सार प्रशासनले त्यस विषयमा जानकारी गराएको थियो । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.