भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

किलोको दुई रुपैयाँ पनि नपाएपछि गोलभेँडा खोलामा फाल्न विवश पाँचखालका किसान


  • जेष्ठ २८, २०८०
  • 278 Views
किलोको दुई रुपैयाँ पनि नपाएपछि गोलभेँडा खोलामा फाल्न विवश पाँचखालका किसान image

काभ्रे । काभ्रे पाँचखाल नगरपालिका–६ का जयराम दनुवारलाई हिजोआज निद्रै लाग्दैन । खेतभरि लटरम्म फलेको गोलभेँडा पाकेर राताम्मे भएको खेतको चिन्ताले सताउँछ । खेतमा राताम्मे गोलभेँडा पाकेको छ, तर बिक्री हुँदैन । दनुवारले पाँचखाल नगरपालिका–६ मा ६–सात रोपनी जग्गा लिजमा लिएर गोलभेँडा खेती गरेका थिए । केजीको दुई रुपैयाँमा पनि बिक्री नभएपछि खोलामा लगेर फाल्नुपर्ने विवशतामा दनुवार छन् ।

‘केही हुन्छ कि भनेर अर्काको जग्गा लिजमा लिएर गोलभेँडा लगाएको थिएँ । गोलभेँडा पनि राम्रै फल्यो, तर बेच्ने वेलामा भाउ नै छैन,’ उनले भने, ‘दुःख गरेर गोलभेँडा फलायौँ, तर बेच्ने वेलामा व्यापारीले लिनै मान्दैन । भाउ नै छैन भन्छ । क्रेटको ५० रुपैयाँदेखि दुई सयसम्म दिन्छ, त्यो पनि पाकेको जति लाँदैन ।’ दनुवारले प्रतिरोपनी १५ देखि २० हजार वार्षिक जग्गा भाडा तिर्नुपर्ने हुन्छ । गोलभेँडाले भाउ नपाउँदा भाडा तिर्न नसक्ने अवस्था आएको उनले बताए ।

‘६–सात रोपनी जग्गा लिजमा लिएर गोलभेँडा लगाएको छु । प्रतिरोपनी १५ देखि २० हजारसम्म वार्षिक भाडा तिर्नुपर्ने हुन्छ । वार्षिक करिब एक लाख २० हजारजति जग्गाभाडा तिर्नुुपर्छ,’ उनले भने, ‘जग्गाको भाडा पनि तिर्न नसक्ने हो कि भन्ने चिन्ताले राति निद्रै लाग्दैन ।’ जेनतेन गरेर फलाएको तरकारीले भाउ नपाएपछि मर्कामा परेको दनुवारले बताए । ‘हामीले समयमै मल पाउँदैनौँ, पाइहाले पनि एक हजारको मललाई दुई–तीन हजार तिर्नुपर्ने हुन्छ ।

अनुदानको मल पाउने त सम्भावना नै छैन । पाँच किलो मललाई दिनभर लाइन बस्नुपर्छ,’ उनले भने, ‘ती समस्या झेलेरै भए पनि उत्पादन ग¥यौँ, बिक्री गर्ने वेलामा भाउ नै आउँदैन । बिक्री नभएपछि फाल्नुपर्ने विवशता छ ।’ पाँचखाल नगरपालिका–६ का माइला दनुवार टन्टलापुर घाममा पसिना पुछ्दै खेतको गरामा गोलभेँडाको दाना सुमसुम्याउँदै थिए । राताम्य गोलभेँडाको दाना सुमसुम्याउँदै दनुवारले दुखेसो पोखे, ‘जग्गा भाडामा लिएर गोलभेँडा खेती गरियो, तर बेच्ने वेलामा दुई रुपैयाँ किलो पनि बिक्री हुँदैन ।’

शुक्रबार मात्र छिमेकीको गोलभेँडा बिक्री नभएर खोलामा लगेर फालेको उनले बताए । खेतमै कुहाउँदा अम्लीयपन बढ्ने डरले खोलामा फालेको उनको भनाइ छ । तीन–चार दिनमा टिपिरहनुपर्ने गोलभेँडा बिक्री नभएका कारण सात–आठ दिनदेखि नटिपेको उनले बताए । पाँचखाल नगरपालिका–३ का श्यामकुमार शाहको पीडा पनि जयराम र माइलाको भन्दा फरक छैन । अहिले बजारमा प्रतिक्रेट ५० रुपैयाँमा बिक्ने गरेको उनले बताए ।

‘गोलभेँडाको भाउ नै छैन, किलोको दुई रुपैयाँ पर्ने रहेछ,’ शाहले भने, ‘टिपेको ज्याला पनि आउँदैन । तर खेतमै कुहाउनुभन्दा दुई–चार सय भने पनि आउँछ । बच्चाहरूलाई कापीकलम किन्न भए पनि हुन्छ भनेर टिपेको, व्यापारीले लान्छन् कि लाँदैनन् ठेगान छैन ।’ पाँचखाल नगरपालिका–६ का चिरञ्जीवी तिमल्सिना, वडा नम्बर ४ का शिवराज दनुवार, वडा नम्बर ४ की सञ्जिता दनुवार, वडा नम्बर ६ का किरण दनुवार, राधिका दनुवारलगायतको हालत पनि उस्तै छ ।

भारतीय गोलभेँडाका कारण नेपाली गोलभेँडाले भाउ पाएन
पाँचखाल नगरपालिका–६ का चिरञ्जीवी तिमल्सिनाले भारतीय गोलभेँडा नेपालमा भित्रिएकाले नेपाली गोलभेँडाले बजार नपाएको तर्क राखे । भारतीय गोलभेँडा रोकेमा आफूहरूको गोलभेँडाले बजार पाउने र मूल्य पनि पाउने उनको भनाइ छ । पाँचखाल नगर प्रमुख महेश खरेलले पनि सिमानामा चेकजाँचविनै तरकारी नेपाल भित्रिएका कारण नेपाली तरकारीले बजार नपाएको बताए । भारतीय तरकारी नरोकेसम्म नेपाली तरकारीले भाउ पाउने सम्भावना नै नरहेको उनको भनाइ छ ।

‘यो त पाँचखालको मात्र होइन, देशकै समस्या हो । भारतीय तरकारी नरोकेसम्म नेपाली तरकारीले भाउ पाउने सम्भावना छैन,’ उनले भने, ‘त्यसमा हामीले के गर्न सक्छौँ र, संघीय सरकारले नै रोक्नुपर्छ ।’ पाँचखाल नगरपालिकाले दीर्घकालीन समस्याको समाधानका लागि हरित महिला औद्योगिक ग्रामको परिकल्पना गरेको खरेलले बताए । बजेटको व्यवस्था गरेर एक सय रोपनी जग्गामा उद्योग सञ्चालनका लागि टेन्डरको प्रक्रियामा पुगिसकेको उनको भनाइ छ । त्यसमा ५० भन्दा बढी उद्योग सञ्चालन हुने र स्थानीय उत्पादनलाई उद्योगमार्फत प्याकेजिङ गरेर बजार पठाउने उनले बताए । नयाँ पत्रिका देनिकबाट…

 


Thali Mobile Pvt.Ltd.