भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

केन्द्रीय समिति गठनमा चुलिएको विवाद, महतोको प्रस्ताव अस्वीकार


  • आश्विन २, २०७७
  • 400 Views
केन्द्रीय समिति गठनमा चुलिएको विवाद, महतोको प्रस्ताव अस्वीकार image

काठमाडौं । जनता समाजवादी पार्टीभित्र केन्द्रीय समिति गठनको विषयलाई लिएर विवाद बढेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकीकरण भएको पाँच महिना बितिसक्दा पनि विवादकै कारण केन्द्रीय समिति गठनमा ढिलाइ भइरहेको छ ।जसपा विधानमा ७ सय १ सदस्यीय केन्द्रीय समिति बनाउने उल्लेख छ । विवादकै कारण दुई वटा नामावली तयारी भइरहेको जसपा स्रोतको दाबी छ ।

बबरमहलस्थित राजपाको कार्यालयमा पटक पटक बसेको शीर्ष नेताहरूको बैठकमा सहमति हुन नसक्दा दुई वटा नामावली तयारी भइरहेको स्रोतको दाबी छ । तत्कालीन राजपा नेपालका तर्फबाट केन्द्रीय सदस्य चयन गर्न अध्यक्षमण्डलमा रहेका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र राजकिशोर यादवसहितको बैठक गत सोमबार बसेको थियो । तर, यी चार नेताका बीचमा सहमति जुट्न सकेन । महेन्द्र, राजकिशोर र अनिलकुमार झाले ठाकुर र महतोको कोटाबाट घटाएर अन्य चार नेताको कोटा बढाउनुपर्ने प्रस्ताव गरेका छन् ।

ठाकुर र महतोको कोटाबाट घटाएर महेन्द्र र शरदचन्द्र भण्डारीलाई ५२÷५२, अनिल र राजकिशोरलाई ३८÷३८ हुनुपर्ने प्रस्ताव असन्तुष्ट समूहले राख्दै आएको छ । छलफलमा अनिल र भण्डारी सहभागी भएनन् । जसपा नेतृ एवं पत्नी डा. डिम्पल झाको उपचारका लागि अनिल नयाँ दिल्लीमा छन् । यस्तै, भण्डारी बिरामी भएकाले घरमै आराम गरिरहेका छन् । भण्डारीले दुईमध्ये जुन प्रस्तावमा सहमति भए पनि आफू त्यसैमा सन्तुष्ट रहेको बताउँदै आएका छन् । ठाकुर र महतो आफूहरूको तत्कालीन पार्टीको संगठन गाउँगाउँसम्म रहेकाले सोहीअनुसार सदस्य संख्या अरूभन्दा बढी हुुनुपर्ने अडानमा छन् ।

दुई पार्टी एकीकरणपश्चात् बनेको जसपा कार्यकारिणी समितिमा समेत ठाकुर र महतोले मनोमानी गरेको आरोप महेन्द्र, अनिल र राजकिशोरले लगाउँदै आएका छन् ।जसपा अध्यक्षसमेत रहेका ठाकुर र वरिष्ठ नेता महतोले पूर्वसहमतिअनुसार सदस्य संख्या आफूहरूका लागि नछुट्याएको आरोप लगाउँदै छुट्टै नामावली तयार गर्ने असन्तुष्ट नेताहरूले जनाएका छन् ।

तत्कालीन राजपाको केन्द्रीय सदस्य ८ सय ६१ थियो । तर, अहिले उसले ३ सय ५० केन्द्रीय सदस्य छान्नुपर्ने भएकाले नेतृत्वलाई मिलाउन सकस भएको हो । समाजवादीको केन्द्रीय सदस्य ४ सय ३१ रहेको थियो । केही निष्क्रिय तथा केही दोहोरो जिम्मेवारीमा रहेकाले उसलाई केन्द्रीय सदस्य छान्न सजिलो छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच गत १० वैशाखमा रातारात पार्टी एकिरण गरेर जसपा घोषणा भएको थियो । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.