भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोभिड संकटमा अझै १० हजार विदेशी नेपालमै


  • आश्विन ३, २०७७
  • 452 Views
कोभिड संकटमा अझै १० हजार विदेशी नेपालमै image

कोरोना महामारीबीच पनि नेपालमा अझै ठूलो संख्यामा विदेशी नागरिक बस्दै आएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार हाल करिब १० हजार विदेशी ‘भारतीयबाहेक’ नागरिक नेपालमा बस्दै आएका छन् । नेपाल बसेकामा सबैभन्दा धेरै नेपालीभाषी विदेशी र चिनियाँ नागरिक छन् । पोखरालगायत ठाउँमा बसिररहेका उनीहरू आफूलाई नेपाल नै सुरक्षित लागेको बताउँछन् ।

हाल नेपालमा रहेका विदेशीमध्ये धेरै बिजनेस तथा गैरपर्यटक भिसामा रहेको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । ‘यो वर्ष जनवरीयता करिब २५ हजार विदेशी नेपाल आएको देखिन्छ, त्यसमध्ये करिब १५ हजार फर्किएका छन् । १० हजार अझै नेपालमा बसिरहेको हाम्रो अनुमान छ,’ निर्देशक तिवारीले भने । कतिपय विदेशी अहिले पनि भिसा थप्न अध्यागमन विभाग गइरहेका छन् ।

१० हजारमध्ये धेरै ‘बिजनेस भिसा’मा आएकामध्येका छन् । त्यस्तै ‘रिलेसन भिसा’मा बस्नेको संख्या पनि ठूलो रहेको विभागले जनाएको छ । ‘रिलेसन भिसा’मा बस्नेमा धेरैजसो नेपालीभाषी छन् । एक हजारको हाराहारीमा भने पर्यटक भिसामै आएका विदेशी रहेको विभागको आकलन छ ।विभागका अनुसार सन् २०१९ मा नेपालमा १६ हजार आठ सय विदेशीले बिजनेस तथा गैरपर्यटक भिसा लिएका थिए । त्यसमध्ये आधाजसो अझै नेपालमा रहेको र केही फर्कने क्रममा छन् ।

दुई साताअघि अन्तर्राष्ट्रिय उडान खुलेपछि केही विदेशी फर्कन थालेको निर्देशक तिवारीले बताए । कतिपय विदेशी नागरिकलाई सम्बन्धित मुलुकले कोरोनकै बीचमा उद्धार गरेका थिए । नेपालको अध्यागमनको ‘डाटा सिस्टम’ यति कमजोर छ कि देशमा आएका विदेशी कति छन् र कति फर्किए भन्ने ठ्याक्कै तथ्यांकसमेत छैन । केही महिनाअघि जडान भएको ‘नेपाली पोर्ट’ नामक ‘सफ्टवेयर सिस्टम’ जडान गरिएको थियो । नयाँ सफ्टवेयरले भने विस्तृत विवरण राख्ने निर्देशक तिवारीको भनाइ छ । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.