भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोरोनाले शान्ति मिसन अन्योलमा, छनोट भएका प्रहरी पनि जान सकेनन्


  • भाद्र १२, २०७७
  • 725 Views
कोरोनाले शान्ति मिसन अन्योलमा, छनोट भएका प्रहरी पनि जान सकेनन् image

काठमाडौं । कोरोना संक्रमणको असर राष्ट्रसंघीय शान्ति मिसनमा पनि देखिएको छ । मिसन जानका लागि छनोट भएका प्रहरी चार महिनादेखि रोकिएका छन् । गत चैतमा नेपाल प्रहरीका अधिकृतहरू पर्यवेक्षकका रूपमा शान्ति मिसनमा विभिन्न देश जाने तयारीमा थिए ।

९ चैतदेखि अन्तर्राष्ट्रिय उडान बन्द भएपछि रोकिएका उनीहरू अहिलेसम्म जान सकेका छैनन् । प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन सामान्यतया एक वर्षको हुन्छ । नेपाल प्रहरीको सुडानमा एफपियू मिसन छ । जसको अवधि गत चैतमा नै सकिएको थियो । तर, बदली हुन सकेको छैन । कोरोना संक्रमणका कारण सुडानमा नयाँ टोली जान नसकेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।

नेपाल प्रहरी सुडान, दक्षिण सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक तथा मालीलगायत देशमा शान्ति मिसनमा खटिएका छन् । एक अधिकृत सोमालियाका लागि छनोट भएकोमा जान पाएनन् । सुडानको एफपियू मिसन भने बन्द हुने तयारीमा छ । यही टोली अन्तिम हुन सक्ने जानकारी राष्ट्रसंघका अधिकारीहरूले गराएको स्रोतले जनाएको छ । नयाँपत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.