भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोरोना जित्नेहरू अहिलेसम्मकै बढी


  • जेष्ठ ९, २०७८
  • 761 Views
कोरोना जित्नेहरू अहिलेसम्मकै बढी image

काठमाडौँ  । केही दिनयता कोरोना ९कोभिड–१९० सङ्क्रमण दर लगभग स्थिर रहे पनि कोरोना जितेर स्वास्थ्य लाभ गर्नेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । त्यस क्रममा शनिबार हालसम्मकै धेरै सङ्ख्यामा सङ्क्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार एकै दिन थप आठ हजार ८४८ जना सङ्क्रमित निको भएका छन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या तीन लाख ८३ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप आठ हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा १९ हजार ३५७ जनाको पीसीआर गर्दा आठ हजार ५९१ र ७४८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८९ जनामा सङ्क्रमण फेला परेको हो । देशभर कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख पाँच हजार ६४३ जना पुगेको छ ।

शनिबार काठमाडौँ उपत्यकामा दुई हजार ३१८ जना सङ्क्रमित थपिएका छन् । जसमा काठमाडौँ जिल्लामा एक हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ जना छन् । यसैगरी शनिबार १२९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ हजार १५३ पुगेको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार ८०६ पुगेको छ ।

मन्त्रालयका अनुसार दुई हजार २५५ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यसमध्ये एक हजार ७३२ जना आईसीयू तथा ५२३ जना भेन्टिलेटरमा छन् । अघिल्लो दिन दुई हजार २२७ जना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा थिए । मन्त्रालयका अनुसार प्रदेश १ मा २२२ आईसीयू र ९२ भेन्टिलेटरमा, प्रदेश २ मा १९१ आईसीयू र ५६ जना भेन्टिलेटरमा, बागमती प्रदेशमा ९२२ आईसीयू र ३११ जना भेन्टिलेटर, गण्डकी प्रदेशमा १४३ जना आईसीयू र ३२ जना भेन्टिलेटरमा छन् । गोरखापत्र दैनिकबाट …..

 


Thali Mobile Pvt.Ltd.