भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोरोना निको भएपछि गोठको बास


  • भाद्र २६, २०७७
  • 465 Views
कोरोना निको भएपछि गोठको बास image

बागमती । हेटौंडाबाट घर गएका राक्सिराङ–२ सुनारिसौराका तीन जना बालिकालाई स्थानीयले गोठको क्वारेन्टाइनमा राखेका छन् । हेटौंडामा पीसीआर टेस्ट गर्दा तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरू एक साताअघि घर गएका थिए । ११ र १२ वर्षका बालिकालाई कोरोना सार्न सक्ने भन्दै उनीहरूलाई घरदेखि आधा किमि टाढाको गोठमा राखिएको हो।

कोरोना पोजिटिभ देखिएका उनीहरूकी दिदी कोरोना जितेर आइसोलेसनबाट फर्किसकेकी छन्। उनी हेटौंडामै छिन्। ‘हाम्रो रिपोर्ट नेगोटिभ आएको २१ दिनपछि गाउँ आएका हौं तर हामीलाई घरमा बस्न दिइएन’, ११ वर्षीया स्किन मोक्तानले भनिन्, ‘घरमै सुरक्षित ढंगले बस्छौं भन्दा कोेरोना सार्नसक्ने भन्दै हामीलाई गोठमा राखिएको छ।’ दिदीलाई आइसोलेसन वार्डमा राखेपछि उनीहरू होम क्वारेन्टाइनमा बसेका थिए।

‘दिदीलाई कोरोना पोजिटिभ देखिएको आठ दिनपछि हाम्रो पीसीआर टेस्ट गरेका थियौं’, स्किन मोक्ताने भनिन्, ‘रिपोर्ट नेगेटिभ आउनेबित्तिकै हामी घर आउन चाहेका थियौं तर गाउँलेले परिवारमा दिएको दबाबका कारण तत्कालै घर आउन सकेनौं।’ गोठमा बस्दा असुरक्षित महसुस भएको १२ वर्षीया स्वस्तिका दोङले दुःखेसो पोखिन्।

‘हामीलाई खाना पुर्‍याउन आउने आमाबुवालाई पनि लसपस नगर भन्दै गाउँलेले गाली गर्छन्’, उनले भनिन, ‘हामीले कुनै गलत काम गरेको जस्तो दबाब भइरहेको छ।’ कोरोना रिपोर्ट नेगेटिभ आएर घर फर्कंदासमेत गाउँघरमा अपमानित र फरक व्यवहार हुँदा दुःख लागेको १२ वर्षीया सुशीला स्याङ्बोले बताइन्।

‘रात परेपछि असुरक्षित महसुस हुन्छ’, उनले भनिन्, ‘आज गोठमा बसेको सात दिन भयो, अझै कति बस्नुपर्ने हो।’ मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर मोक्तानले वडामा क्वारेन्टाइन नभएकाले गोठमा राख्नु परेको बताए। ‘उनीहरूलाई गाउँमा ल्याउन गाउँलेले मानिरहेका थिएनन् तर क्वारेन्टाइन राख्न मिल्ने घर वडामा नभएकाले गोठमा राखिएको हो।’

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले कोरोना नेगेटिभ देखिएकाले उनीहरूलाई गाउँमा ल्याइएको बताए। विभेद गर्नेलाई कानुनी कारबाही गरिने उनको भनाइ छ। पालिकाबाहिरबाट आउनेलाई राक्सिराङ–३ स्थित सूर्योदय माविमा बनाइएको क्वारेन्टाइनमा राख्ने गरिएको छ। अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.