भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोसीमा मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल बने राज्यमन्त्री


  • श्रावण ३१, २०८०
  • 335 Views
कोसीमा मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल बने राज्यमन्त्री image

विराटनगर । कोसी प्रदेशमा बुधबार मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन्। मण्डलले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथग्रहण गराए। कोसी प्रदेश अहिले सभामुखविहीन छ। सभामुख बाबुराम गौतम पदबाट राजीनामा दिएर सरकार गठनमा सहभागी बनेपछि कोसी सभामुखविहीन बनेको हो। नयाँ सभामुख चयनको प्रक्रिया भने अघि बढाइएको छैन।

सभामुख नहुँदा उपसभामुखले सभा चलाउनुपर्ने व्यवस्था छ। तर, उपसभामुख पनि अनुपस्थित रहेको अवस्थामा ज्येष्ठ सदस्यले सभा चलाउनर्ने संवैधानिक व्यवस्था छ। सभा चलाउनेले मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउँछन्। ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था बन्दैन। त्यही भएकाले आफूले विश्वासको मत लिनलाई थापाले चलाखीपूर्ण ढंगबाट ज्येष्ठ सदस्य मण्डललाई अहिल्यै राज्यमन्त्री नियुक्त गरेका हुन्।

राज्यमन्त्री नियुक्त भएपछि मण्डलले सभा चलाउन पाउने छैनन्। साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १५ भित्रमा प्रदेशसभाबाट विश्वासको मत लिइसक्नु पर्छ। सभामुख त्यागेर सरकार गठनमा सहभागी भएका गौतम अहिले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री छन्। उनी नेकपा ९माओवादी केन्द्र०बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

मुख्यमन्त्री थापाले साउन १७ गते नेकपा ९एकीकृत समाजवादी०का कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा उर्जामन्त्री नियुक्त गरेका थिए। साउन २६ गते जनता समाजवादी पार्टी ९जसपा०बाट निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्री बनाए। मुख्यमन्त्री थापाले आन्तरिक मामिला तथा कानुन, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैसँग राखेका छन्।

कोसीको ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि बहुमत पु¥याउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ। सभामुखलाई राजीनामा गराएपछि मात्रै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नलाई बहुमत पु¥याउन सकेका हुन्। गठबन्धनमा रहेकामध्ये कांग्रेससँग २९, माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ जना प्रदेशसभा सदस्य छन्।

एउटै गठबन्धनमा रहेका नेकपा ९एमाले०सँग ४० र राप्रपासँग ६ जना प्रदेशसभा सदस्य छन्। उपसभामुख एमालेकी सिर्जना दनुवार छिन्। थापालाई विश्वासको मत प्राप्त नगर्ने वातावरण बनाउन सभा चलाउने बेला उनी बिदामा बस्ने बताइएको थियो। उनी उपस्थित नहुँदा ज्येष्ठ सदस्यले सभा चलाउनुपर्ने हुन्थ्यो।

अहिले ज्येष्ठ सदस्य मण्डललाई राज्यमन्त्रीको जिम्मेवारी दिइसकिएको छ। मण्डलपछि एमालेका रोहितबहादुर कार्की प्रदेशसभाका ज्येष्ठ सदस्य छन्। एमालेका एक प्रदेशसभा सदस्य मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन उपसभामुख दनुवारसहित ज्येष्ठ सदस्यहरु बिदामा बस्ने र जसरी पनि गठबन्धनबाटै सभाको अध्यक्षता गराउने तयारी रहेको बताउँछन्। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.