भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

क्रान्तिकारी पार्टी बनाउनुको विकल्प छैन : नेपाल


  • जेष्ठ १७, २०७८
  • 883 Views
क्रान्तिकारी पार्टी बनाउनुको विकल्प छैन : नेपाल image

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यसै साता नयाँ पार्टी गठनको सम्भावना रहेको संकेत गरेका छन् । आफ्नो समूहनिकट अनेरास्ववियु केन्द्रीय कमिटीको आइतबारको भर्चुअल बैठकमा नेता नेपालले ओलीसँग सहमतिको सम्भावना कमजोर रहेको भन्दै क्रान्तिकारी पार्टी गठनको विकल्प नरहेको बताएका हुन् । नेता नेपालले एकता बचाउने कोसिसमा रहेका नेता गोकर्ण विष्टलाई सहमति गर्ने वा नगर्नेबारे प्रधानमन्त्री केपी ओलीसँग अन्तिम छिनोफानो गर्न निर्देशन पनि दिएका छन् ।

भर्चुअल बैठकमा विष्टले आफू अझै एकता बचाएर लैजान सकिन्छ कि भन्ने अन्तिम कोसिसमा रहेको बताएपछि नेपालले ओलीसँग वार्ता गर्न निर्देशन दिएको बैठकमा सहभागी एक विद्यार्थी नेताले जानकारी दिए । ‘म यो पार्टीको संस्थापकमध्येकै एक हुँ, पार्टी हामीले स्थापना गरेको हो, पार्टीप्रति मलाईजत्तिको माया अरू कसलाई होला १ त्यसैले अझै एकता बचाउनुपर्ने पक्षमै छु, तर मसहित वार्ता टोलीका संयोजक भीम रावललाई नै कारबाही गरेर निकालेपछि ओलीले पार्टी एकता बचाउने स्थिति अब देखिएन,’ नेपालको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘त्यसैले गोकर्णजी कुरा गर्ने नै हो भने अब दुई–तीन दिनभित्र ओलीसँग फाइनल गर्नुस्, नत्र नयाँ क्रान्तिकारी पार्टी गठन गरेर सबै कम्युनिस्ट पार्टीहरूलाई पनि गोलबद्ध गर्दै अगाडि जानुको विकल्प छैन ।’

ओलीले सहमति लत्याएकाले एकता कठिन भएको भन्दै नेपालले विद्रोहबाट बन्ने पार्टीको नेतृत्व लिन दोस्रो पुस्ता तयार भए आफू नेतृत्व हस्तान्तरणका निम्ति तयार रहेकोसमेत जानकारी दिएका छन् । ‘हामीसँग निष्ठापूर्वक लामो समय काम गरेको ऊर्जाशील अनुशासित पंक्ति छ, युवाहरूको पंक्तिले न्याय–अन्याय छुट्याउन सक्नुपर्छ, पार्टी पुनर्गठनमा दोस्रो पुस्ताले समझदारी जुटाएर नेतृत्व गर्छ भने त्यस निम्ति म तयार छु, होइन भने तपाईंहरू सबैले एकपटकलाई साथ दिनुहोस्, म देशभर पुनर्गठन गरेर एमाले पंक्तिलाई पुरानै संगठनात्मक अवस्थामा फर्काउन लाग्नेछु,’ नेपालको भनाइ थियो ।

२ जेठ ०७५ अघिको अवस्थामा एमालेलाई फर्काउने र २३ फागुनपछिका निर्णय खारेज नभए एकता सम्भव नहुने नेपालको भनाइ छ । तर, ओलीले यसलाई अस्वीकार गर्दै आएका छन् । नेपाल अहिले विपक्षी गठबन्धनमा सहभागी भएका छन् । एमालेका दुवै पक्ष अहिले आरोप–प्रत्यारोपमा छन् । बैठकमा सहभागी ती नेताका अनुसार विष्टको भनाइ थियो, ‘म अझै एमाले एकता बचाएर जानुपर्छ भन्नेमा छु, त्यसका लागि कोसिस गरिरहेको छु । केपी ओलीबाट धेरै आशा गर्ने ठाउँ त छैन, तर पाँचौँ महाधिवेशनमा मदन भण्डारीले फरक मतलाई पनि सम्बोधन गरेर पार्टी एकता बचाएर नेतृत्व दिएकाले अहिले पनि किन कोसिस नगर्ने भन्ने हो । नयाँ पत्रिका दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.