भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

खुल्यो मौसम र बाटो, सगरमाथातर्फ आरोही


  • बैशाख ३१, २०८०
  • 226 Views
खुल्यो मौसम र बाटो, सगरमाथातर्फ आरोही image

ओखलढुंगा । वसन्त ऋतुको आरोहणका लागि सगरमाथाको बाटो खुलेको छ। आरोहणका लागि बाटोमा रोप फिक्सिङ (डोरी टाँग्ने काम) गर्ने काम सकिएपछि आरोहण खुलेको हो। लामो समय मौसमका कारण रोकिएको रोप फिक्सिङ आइसफल डाक्टरले शनिबार दिउँसो पूरा गरेपछि आरोहणको ढोका खुलेको हो।

आरोहण खुलेसँगै आरोही र पर्यटन व्यवसायी उत्साहित भएको आधार शिविरमा आरोही लिएर पुगेका पिक प्रमोसन एक्सपिडिसनका आङबाबु शेर्पाले बताए। बाटो खुलेपछि शनिबारै केही आरोही आरोहणका लागि उकालो लागेका र अधिकांशले आइतबार आरोहण गर्ने तयारी रहेको जानकारी दिए।

यसरी बाटो र मौसम दुवै खुलेपछि प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतीक्षामा रहेका आरोही उत्साहित भएका छन्। सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्मको बाटो खोलेका थिए।

बाटो खुलाउँदै आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगेका हुन्। रोप फिक्सिङमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड दोलखाका दावाग्याल्जे शेर्पा र सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पा सोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जङ्बु शेर्पा, संखुवासभाका दीपेन गुरुङ तथा गोरखाका फोटोग्राफर सुमन गुरुङ थिए।

बाटो खुलेर मौसम अनुकूल भएसँगै धेरै आरोही सगरमाथाको चुचुरोतर्फ जाने तयारीमा रहेका छन्। यतिबेला सगरमाथाको आधार तथा दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौं आरोही तयारी अवस्थामा छन्। सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेञ्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले सगरमाथाको पहिलो पटक आरोहण गरेका थिए। यस वर्ष सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ।

वसन्त ऋतुमा आरोहणका लागि सगरमाथा आरोहणको ७० वर्षे इतिहासमै सबैभन्दा बढी ४४ आरोहण दलका ९८ महिलासहित ४ सय ६७ जनाले अनुमति लिएका छन्। अनुमति लिनेमा नेपालसहित ६५ देशका नागरिक रहेको पर्यटन विभागले जनाएको छ। सगरमाथा आरोहणको इतिहासमा हालसम्म सात हजारभन्दा बढी स्वदेशी तथा विदेशीले आरोहण गरेका छन् भने हालसम्म तीन सयभन्दा बढी आरोहीले ज्यान गुमाएको तथ्यांक छ। यो सिजनका लागि मे १४ देखि २० सम्मको मौसम अनुकूल हुने मानिएको छ। यसअघि वैशाख २० गतेदेखि मौसममा खराबी आएका कारण आरोहण हुन सकेको थिएन।

अन्नपूर्ण पाेष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.