भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गाउँलेको मासिक बैठक बस्ने क्याङ्सी गाउँ


  • श्रावण १६, २०८०
  • 274 Views
गाउँलेको मासिक बैठक बस्ने क्याङ्सी गाउँ image

रुकुमृपूर्वे । विकास निर्माण तथा सामाजिक रूपान्तरणको रूपरेखा कसले बनाइ दिने । कस्तो हुन्छ, विकास भए कसलाई फाइदा हुन्छ । यी लगायत कुरामा एक दिन जिल्लाको भूमे गाउँपालिका–३ स्थित क्याङ्सी गाउँमा गाउँले बीच छलफल चल्यो । जसको लागि कम्युन अभ्यासमा जाने । करिव पाँच सय घरधुरी आसपासमा रहेको क्याङ्सी गाउँलाई तीन गाउँले समूहमा बाँडियो । हरेक महिनामा गाउँले समूहको बैठक बस्ने निर्णय भयो । ‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ अभियानलाई अघि सारियो ।

विगत वर्ष देखि नै गाउँले समूह प्रत्येक महिना बैठक बस्दै आयो । गाउँले समूह मार्फत गाउँ विकासको लागि छलफल चल्दै आयो । बैठक मार्फत काम योजनाका निर्णय गर्दै निर्णय कार्यन्वयन गर्दै आएका छन् । विकास निर्माणका काम मात्र नभई सामाजिक रूपान्तरण, समस्यामा परेका गाउँलेलाई समूह मार्फत साथ सहयोग गर्दै आएको छ ।

गाउँ विकासका लागि हरेक महिनाको ८ गते गाउँले समूहको बैठक बस्दै आएको भूमे गाउँपालिका–३ क्याङ्सी निवासी एवम् पूर्व वडाध्यक्ष दिलमान रोका मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ विकास कसरी गर्ने, सरकारबाट आएको योजनाका बजेटलाई स्थानीय उपभोक्ता समिति मार्फत काम गर्ने यी लगायत विषयमा छलफल गर्दै काम गर्ने गरेका छौँ ।” यसको अलवा समूहको आर्थिक कारोबारलाई पनि बलियो तथा पारदर्शिता गर्दै लगिएको समेत रोका मगरले जानकारी दिनुभयो ।

तीन गाउँले समूहमै हाल करिब १०(१० लाख रुपियाँको बचत रहेको पूर्व वडाध्यक्ष रोका मगरले बताउनुभयो । समूहका रहेको रुपियाँ ऋण लगानी साथै गाउँको सामाजिक कार्य तथा कार्यक्रममा समेत खर्च तथा सहयोग गर्दै आएको स्थानीय जीवन रोका मगरले बताउनुभयो । गाउँलेको नियमित बैठकले गाउँको विकास सवालमा सहज भइरहेको रोका मगरको भनाइ रहेको छ । नियमित बैठकले गाउँलेलाई सामाजिक तथा व्यक्तिगत कार्यमा सक्रिय बनाउँदै आएको गाउँलेको भनाइ रहेको छ ।

गाउँले आफैँ सक्रिय हुँदै गाउँ विकासमा लाग्ने कार्य देशभर कमै रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतमले बताउनुभयो । गाउँले आफैँमा सक्रिय भएर सामाजिक कार्यमा लाग्नु ग्रामीण गाउँवासीको सृजनशील एवम् रचनात्मक कार्य सबैले सिक्नु पर्ने गौतमको भनाइ रहेको छ । गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.