भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गाउँलेबाट खाद्यान्न पैँचो मागेर गुजारा चलाउनुपर्ने सीमा प्रहरी चौकीको अवस्था


  • भाद्र ३१, २०७७
  • 505 Views
गाउँलेबाट खाद्यान्न पैँचो मागेर गुजारा चलाउनुपर्ने सीमा प्रहरी चौकीको अवस्था image

बझाङ । झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरका कुनै सदस्यले गल्ती पो गरिहाले कि भन्ने सोचेर उनले बाहिर निस्कन हिम्मत पनि गरिनन् । तर, प्रहरीको नम्र बोली र व्यवहारले उनलाई प्रहरी टोली नजिक जान बाध्य बनायो । जब प्रहरी टोलीबाट सहयोगको याचना सुनिन्, उनको मन नै भाउन्न भयो ।

र, मनमनै सोचिन्– सरकारी कर्मचारी, त्यसमा पनि प्रहरीको यो अवस्था छ भने हामी जस्ताको त हिसाब नै हुँदैन । भएको के रहेछ भने, सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी टोली २० भदौको रात भोकभोकै सुत्नुपरेपछि एकाबिहानै रुप्सीको घरमा खाद्यान्न पैँचोका लागि पुगेको रहेछ । हुन त उनीसँग पनि घरमा प्रशस्त खाद्यान्न थिएन । मनकारी रुप्सीले प्रहरीको भोको पेट देख्न सकिनन् । आफूसँग भएको दुई कट्टा चामलमध्ये एक कट्टा चामल प्रहरीलाई दिइन् । यहाँ कार्यरत प्रहरीले खाद्यान्नको अभावमा यसरी नै पैँचो मागेर पेट भरिरहनुपरेको छ ।

रुप्सीको घरबाट लगेको एक कट्टा चामललाई पाँच दिन पु(याएका प्रहरी छैँटौं दिनदेखि फेरि भोको पेट बस्नुपर्ने अवस्था आयो । उनीहरूले एक दुई दिन स्थानीयसँग भएको खोले र उवाले जेनतेन छाक टारे । त्यसपछि स्थानीय भीम रोकायालाई गुहारे । उनले पनि एक कट्टा चामल पैँचो दिए । उनीबाट लिएको चामल पनि सकेपछि गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले स्थानीय एक जनाबाट फेरि एक कट्टा चामल निकालेर दिए । अहिले त्यही एक कट्टा चामलको भरमा गुजारा चलाइराखेको छ सीमा प्रहरी चौकी धुली । यो ठाउँ अत्यन्तै विकट छ ।

खाद्यान्न पनि पाउन मुस्किल पर्छ । स्थानीयले खेती किसानी गरेर जेनतेन जीवन धानिरहेका छन् । तर, प्रहरीले भने लामो समयदेखि खाद्यान्न अभाव झेल्नुपरिरहेको छ । त्यसैले कैयौं रात यहाँका प्रहरी भोकभोकै बस्नुपर्ने बाध्यता छ । २५ साउन २०७५ । तत्कालीन प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी र तत्कालीन जिल्ला प्रहरी प्रमुख डीएसपी गणेश बम सीमा प्रहरी चौकी धुली पुगेका थिए ।

आफ्ना समस्या बुझ्छन् कि भनेर प्रहरीहरू निकै खुसी भए । तर, उनीहरूले आफ्ना समस्या भन्नै सकेनन् । २२ चैत २०७५ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसहितको टोली पनि सीमा प्रहरी चौकी धुलीको अनुगमन गर्न गयो । त्यतिबेला पनि समस्या उस्तै थियो । तर, प्रजिअले आफ्ना समस्या बुझ्नै नचाहेको प्रहरीको गुनासो छ ।

स्थानीय शिक्षक धनबहादुर विष्ट भोटे भन्छन्, ‘अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी र डीएसपीसहितको टोली आउँछन्, उनीहरू अनुगमन गरेर फर्किन्छन्, सीमामा कार्यरत प्रहरीका समस्या जस्ताको तस्तै । प्रहरीको समस्या त यस्तो छ भने हाम्रो समस्या कस्तो होला ? ’ सरकारले प्रहरीलाई खाद्यान्नको सट्टा नगद दिने गरेको छ । तर, यो ठाउँमा पैसा भएर पनि खाद्यान्न किन्न सकिँदैन । जसको मारमा प्रहरी टोली छन् । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.