भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गुठी संस्थानको भवन मौलिक शैलीमा पुनःनिर्माण गर्न सहमत


  • फाल्गुन २२, २०७७
  • 845 Views
गुठी संस्थानको भवन मौलिक शैलीमा पुनःनिर्माण गर्न सहमत image

काठमाण्डाैं । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा वडा नं. ५ स्थित गुठी संस्थान कार्यालयको भवन पुनःनिर्माणको लागि तयार पारिएको नक्सासम्बन्धी बुधबार सरोकारवालाहरुसँग बैठक बस्यो ।
बैठकले दरबार क्षेत्रमा अवस्थित गुठी संस्थान भक्तपुरको कि.नं. ७५४, क्षेत्रफल ०—८—३—० कित्ता जग्गाको पेश भएको नक्सा सम्बन्धमा साविक बमोजिम स्मारण संरक्षण हुने स्मारक शैली र स्वरुपअनुसार नक्सा पास प्रक्रियाको लागि अगाडि बढाउने निर्णय गर्‍याे ।

पुरातत्व विभागले ३५ फिटभन्दा अग्लो बनाउन नहुने तर्क गर्दै साविक भवनमा रहेको मन्दिरको झण्डै एक तल्ला घटाइ नक्सा स्वीकृत गरेपछि नगरपालिकाले त्यसलाई अस्वीकार गर्दै आएको थियो । प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सम्पदामा निजी घरसरह उचाइ मापदण्ड कायम हुन नसक्ने भन्दै नगरपालिकाले पटक पटक उक्त नक्सा साविकबमोजिम परिमार्जन गरी ल्याउन पुरातत्व विभागमा पठाएको थियो । तर, पुरातत्व विभागले सच्याउन नमानेपछि नगरपालिकाको अगुवाईमा बैठक बसी मौलिक शैलीमा साबिक बमोजिमको नक्सा पास अगाडि बढाउन सबै सरोकारवालाहरु सहमत भएको हो ।

बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको सहर भएको हुँदा यहाँका सम्पदाहरु पुनःनिर्माण वा जीर्णोद्धार संवेदनशील विषय भएको बताउँदै प्राप्त ऐतिहासिक प्रमाण र तथ्यको आधारमा गुठी संस्थान कार्यालयको भवन पुनःनिर्माण हुनुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाले यहाँका सम्पदाहरु पुनःनिर्माणमा जनताको राय—सुझाव र जनताकै सहभागितामा अगाडि बढाइरहेको बताए ।
स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख अरुणा नकर्मीले भने, ‘गुठी संस्थानको भवन स्मारक हो, निजी घर होइन । दरबार क्षेत्रमा सिलु महादेव बन्दैछ, त्यो पनि स्मारक हो । स्मारकमा उचाइ घटाउन उपयुक्त हुँदैन । पुरातत्व विभागमा स्पष्ट पारेर प्रस्ताविक नक्सा पास प्रक्रिया अगाडि बढाउन सहमत छु ।’

बैठकमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, गुठी संस्थान कार्यालयका प्रमुख आनन्दप्रसाद कर्माचार्य, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रतिनिधि, प्रशासकीय अधिकृत दामोदर सुवाल, भक्तपुर नपा सम्पदा शाखा, नक्सा शाखा र योजना शाखाका प्रमुखहरुले प्राप्त ऐतिहासिक प्रमाणका आधारमा गुठी संस्थान कार्यालयको भवन पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए ।

काराेबार दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.