भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गोंगबु घटना : प्रहरीको गाडी आगजनी गरेको र मोबाइल लुटेको आरोपमा ६ जना पक्राउ


  • फाल्गुन ४, २०७९
  • 269 Views
गोंगबु घटना : प्रहरीको गाडी आगजनी गरेको र मोबाइल लुटेको आरोपमा ६ जना पक्राउ image

काठमाडौँ । प्रहरीले बालाजुमा गत सोमबार भएको आन्दोलन प्रहरीको गाडीमा आगजनी तथा तोडफोड गरेको र नयाँ बसपार्कस्थित ल्होत्से मलमा रहेको मोबाइल पसलबाट मोबाइल लुटेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा बाहिरिएका भिडिओ, फुटेज, र फोटोहरुको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेको छ।

यी हुन् पक्राउ पर्ने व्यक्तिहरू?

१. जिल्ला दैलेख भगवती गा.पा. वडा नं. ३ घर भई हाल काठमाडौँ जिल्ला तारकेश्वर बस्वे वर्ष २४ को चिरन रेग्मी।

२. जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नं.२६ सामाखुसी बस्ने वर्ष ३५ को नविन खड्गी।

३.जिल्ला रुपन्देही खैरेनी न.पा. वडा नं. ५ स्थायी वतन भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. २६ बस्ने वर्ष २२ को सुजन खत्री।

४. जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं.४ स्थायी वतन भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने वर्ष १८ को प्रदिप बस्नेत।

५. जिल्ला उदयपुर बलमता गा.पा.वडा नं.०२ घर भई हाल काठमाण्डौ तार्केश्वर न.पा.वडा नं.१०, मनमैजु वस्ने पर्शुराम राईको छोरा वर्ष ४० को बिक्रम राई।

६. जिल्ला नुवाकोट पञ्चकन्या गा.पा.वडा नं ०३ घर भई हाल काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं।०३ बानियाटार वस्ने कुल बहादुर भण्डारीको छोरा वर्ष ३० को रामहरी भण्डारी। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.