भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

घरैपिच्छे निजामती जागिरे


  • पुष १०, २०७९
  • 205 Views
घरैपिच्छे निजामती जागिरे image

रुकुम पश्चिम । मुसीकोट–३ स्थित माछिमीका ८३ वर्षीय घनु खत्रीका चार छोरा र एक छोरी छन्, सबै सरकारी जागिरे हुन् । जेठा छोरा रमेश अर्थ मन्त्रालयमा सहसचिव, माइला दिलीप राजस्व उपसचिव, साइँला कृष्णमान रुकुम अदालतका कम्प्युटर अपरेटर र कान्छा दीपक राजस्वमै शाखा अधिकृत छन् । छोरी सुशीला नापी विभागमा नायब सुब्बा छिन् ।

माछमीका नदीराम खत्री ( बीच ) र उनका जागिरे ४ छोरा । तस्बिर : कान्तिपुर
केही वर्ष भूमिसुधार कार्यालयमा सहयोगी काम गरेका स्थानीय नदीराम खत्रीले आफ्ना ४ छोरा र २ छोरीलाई जागिर गर्दै पढाए । उनका ६ सन्तान अहिले सबै जागिरे छन् । जेठा खिमबहादुर कोष तथा लेखा नियन्त्रक भएर गतवर्ष मात्रै सेवानिवृत्त भए, माइला नयन लेखापाल, साइँला देवबहादुर र कान्छा रामबहादुर लेखा अधिकृत पदमा कार्यरत छन् । जेठी छोरी शारदा शिक्षिका छिन् भने कान्छी छोरी सुवर्णा नायब सुब्बा छिन् ।

करिब १ सय १० घरधुरी रहेको माछिमीमा अहिले सरकारी सेवामा नरहेकाको घर भेट्नै मुस्किल छ । घनु खत्रीले सदरमुकाम नजिकैको बस्ती भएकाले पढ्नुपर्छ भन्ने चेतका कारण लोकसेवामा भिडेर सरकारी जागिर खाने चलन बढेको बताए । ‘हामीले त घाँस–दाउरा र खेती किसानी गर्‍यौं, तर छोराछोरीलाई पढाउनुपर्छ भन्ने थाहा पाएर स्कुल पठायौं,’ उनले भने, ‘जागिर खोज्ने क्रममा उनीहरू निजामती सेवामा कर्मचारी भए ।’

घनुका जेठा छोरा रमेश केसीले २०४६ मा लोकसेवामा लडेर नाम निकालेका थिए । जनस्वास्थ्य कार्यालय जाजरकोटमा मुखिया पदबाट जागिर सुरु गरेका खत्रीको मनमा त्यतिबेलै सबै छोराछोरीलाई आफूजस्तै सरकारी सेवामा प्रवेश गराउने सोच आएको थियो ।

 

रमेशले पनि सदरमुकाम नजिक भएकाले पढ्नुपर्छ भन्ने चेतनाको विकास भएकैले आफूहरू नियमित स्कुल जान पाएको र जागिरको खोजी गर्दा लोकसेवा आयोगको विज्ञापनअनुसार प्रतिस्पर्धामा भाग लिएर निजामती सेवामा प्रवेश गरेको बताउँछन् । मुखियाबाट सुरु भएको उनको सरकारी जागिरको यात्रा २०५२ मा लेखापाल, ०५५ मा शाखा अधिकृत हुँदै ०६५ सालमा उपसचिव भएर ०७२ मा सहसचिवसम्म पुग्यो ।

‘त्यो बेला गाउँमा नपढेकाहरूले खेती–किसानी गर्थे, एसएलसीसम्म पास गरेकाहरूको रुचि भने निजामतीमै हुन्थ्यो,’ उनले भने, ‘सबैले लोकसेवा पढ्न थाले र धमाधम जागिर गर्न थाले ।’ उनका अनुसार अहिले छिमेकी गाउँहरू सन्चौर, रातामाटा लगायतमा पनि घरैपिच्छे सरकारी जागिरे छन् ।

आफ्ना सन्तान विभिन्न पदमा रहेर सरकारी सेवा गरिरहेकोमा नदीराम गर्व गर्छन् । ‘त्यो बेला अहिलेजस्तो सजिलो थिएन, दिनभरि घरबारीको काम गरेर रातभरि दियालोको झर्रोमा छोराछोरीले पढे,’ उनले भने, ‘मिहिनेत गरेर सरकारी जागिरमा नाम निकाले ।’ छोराछोरी कमाउने भएपछि आफूले कार्यालय सहयोगीबाट राजीनामा दिएको उनको भनाइ छ । तत्कालीन समयमा घरखर्च टार्न सानै भए पनि सरकारी जागिर गर्नुपर्छ भन्ने मान्यताको विकास भएका कारण आफूहरू निजामती सेवामा लागेको कार्यालय सहयोगीबाट निवृत्त भएका स्थानीय रामबहादुर खड्काले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.